+
+
Shares

सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध 

सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका भारतीय नोट नेपाल भारत ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ।
  • सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित भारतीय नोटमात्र चलनचल्तीमा ल्याउन सकिने बताए।
  • भारतले २०१६ मा ठूला दरका भारु नोटहरूको नोटबन्दी गरेपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो।

२९ मंसिर, काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।

सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने ।

यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो ।

भारतले खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको हो । आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन/लैजान पाउने व्यवस्था गरेको थियो ।

भारतले २०१६ मा ठूला दरका भारु नोटहरूको नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरको नोट नेपाल ल्याउन लैजान बन्देज गरेको थियो ।

भारतले नेपालमा रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो ।

खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरता सँगै दुवैतर्फ लान र लैजान पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक लिई प्रतिबन्ध खुलाएको हो ।

सन् २०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा रहेका ठूला दरका भारु सटही दिएन अर्थात फिर्ता लिएन । त्यो समयमा बंैंकिङ प्रणालीमा मात्र ५ करोड भारु थियो । ती नोट अझै पनि सटही हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?