Comments Add Comment

बैंक-वित्त प्रमुख

List Grid
मुलुकको शोधनान्तर १८ अर्ब ९३ करोडले घाटामा

२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको दशौं महिना बित्दा पनि सरकारी ढकुटी बचतमा जान सकेको छैन । अहिले पनि सरकारी ढुकुटीमा रकमको अभाव कायमै छ । शोधनान्तर घाटा बढेर वैशाख महिनासम्म १८ अर्ब ९३ करोडले घाटामा छ । आर्थिक वर्ष २०६६/०६७ पछि शोधानान्तर घाटा भएको थिएन । यस्तो घाटा १० महिनामा १८ अर्ब पुगेको […]

प्रत्येक नेपालीको बैंक खाता, भुक्तानी बैंकबाट मात्र

७ वैशाख, काठमाडौं । सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ । सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने दाबी गरिएको हो । साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।

बैंकको ब्याजले बढायो बीमा कम्पनीको नाफा

६ जेठ, काठमाडौं । बैंकिङ क्षेत्रमा बढेको ब्याजदरका कारण बीमा कम्पनीहरुको मुनाफा बढेको छ । तर, प्रिमियमबाट प्राप्त हुने आम्दानीमा भने अपेक्षित वृद्धि छैन । बीमा समितिका निर्देशक राजु रमण पौडेल बैंकमा राखेको निक्षेपबाट आएको आम्दानीका कारण पछिल्लो समय बीमा कम्पनीहरुको नाफा बढेको बताउँछन् । शिखर इन्स्योरेन्सका सिनियर म्यानेजर सुरज राजबाहक पनि बीमा कम्पनीको नाफामा […]

४५ प्रतिशतले घट्यो सेयर कारोबार

५ जेठ, काठमाडौं । सेयरबजारमा यो साता कारोबार ४५ प्रतिशतले घटेको छ । गत साता सेयर बजारमा दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ […]

के अझै बढ्ला अमेरिकी डलरको भाउ ?

३ जेठ, काठमाडौं । केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो । भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली  मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र […]

पुनर्बिमा कम्पनीको क्षमता बढाउने अर्थमन्त्रीको संकेत

२ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले देशको एक मात्रै पुनर्बिमा कम्पनीको क्षमता बढाउने संकेत देखाएका छन् । सरकारी लगानी समेत रहेको नेपाल पुनर्बिमा कम्पनीको क्षमता अभिबृद्धि गर्दै पुनर्बिमाको लागि देशबाट बाहिरिने रकम रोक्ने उनको योजना छ । मंगलबार बिमा समितिको ५० औ वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले देशमा ब्यापार घाटा बाहेक शिक्षा घाटा र […]

सिटी एक्स्प्रेस फाइनान्सले दिने भयो हकप्रद सेयर

१ जेठ, काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामाले अर्थिक वर्ष २०७३/०७४ को वाषिर्क प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता […]

ब्याजको आम्दानी घटेपछि ६ बैंकको नाफामा गिरावट, कुन बै‌ंककाे नाफा कति ?

२० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वटा बैंकहरुको नाफा घटेको छ । ब्याज आम्दानीमा आएको कमी र खर्च बृद्धिका कारण ती बैंकहरुले गतवर्षको यसै अवधिमा भन्दा कम नाफा कमाएका हुन् । हालै मात्र २८ वटै राष्ट्रिय वाणिज्य बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । जसमा ६ वटा बैंकहरुको नाफा गत वर्षको […]

गभर्नर भन्छन्ः मुलुक आर्थिक समृद्धिको बाटोमा मोडियो

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देश अहिले आर्थिक समृद्धिको बाटोमा मोडिएको बताएका छन् । संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भएपछि देश आर्थिक समृद्धिको बाटोमा मोडिएको उनको जिकीर छ । सुशासनको सुनिश्चितता, आन्तरिक तथा बाहृय लगानीमा हुने बढोत्तरी र सरकारको पूँजीगत खर्च वृद्धिसँगै दीगो विकासको आधार तयार हुने अवसर […]

लक्ष्मी र सेञ्चुरीको नाफामा उच्च वृद्धि, व्यवसाय वृद्धिको प्रभाव

११ वैशाख, काठमाडौं । मंगलवार चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका लक्ष्मी बैंक र सेञ्चुरी बैंकको नाफामा उच्च वृद्धि भएको छ । लक्ष्मी बैंक बैंकको तेस्रो त्रैमाशमा नाफा ४१ प्रतिशतले वृद्धि भएर ८० करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज […]

फेरि तीन बैंकले कटाए अर्बमाथि नाफा

११ वैशाख, काठमाडौं । मंगलवार चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका तीन वाणिज्य बैंकको नाफा अर्बमाथि पुगेको छ । हिमालयन बैंक बैंकको तेस्रो त्रैमाशमा नाफा करिब पाँच प्रतिशतले वृद्धि भएर एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज […]

महंगिदै डलर, एक रुपैयाँ बराबर एक सय ६

१० वैशाख, काठमाडौं । विश्व बजारमा डलरको मूल्य बढ्न थालेपछि नेपालीहरुले महंगोमा डलर किन्नु पर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्थाको लागि डलर किनबेच गर्न दिने सन्दर्भ मूल्य अनुसार एक डलरको लागि नेपालीले एक सय ६ रुपैयाँ ६७ पैसा हाल्नु पर्ने भएको हो । बैंक तथा वित्तीय संस्थामा डलर किक्री गर्दा भने एक […]

आधारभुत पक्ष परिवर्तन नहुँदा प्राविधिकमा भर पर्न थाले लगानीकर्ता

१० वैशाख, काठमाडौं । आधारभुत पक्ष परिर्वतन नहुँदा बजारका विश्लेषक तथा लगानीकर्ताहरु प्राविधिक विश्लेषणमा बढि निर्भर हुन थालेका छन् । ‘आधारभुत पक्ष खासै फेरिएको छैन । तर केही दिन अघि उल्टो हेड एण्ड सोल्जर आकृति बने पछि बजार केही बढ्ने अनुमान थियो त्यही अनुसार भएको हो,’ एक विश्लेषकले भने । धेरैजसो लगानीकर्ता अहिले इलिएट वेभको […]

ग्लोबलको नाफा घट्यो, सनराइजको १० प्रतिशतले वृद्धि, नेपाल बैंकमा झिनो वृद्धि

१० वैशाख, काठमाडौं । सोमवार तीन वाणिज्य बैंकको चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सनराइज बैंक बैंकको तेस्रो चौमाशमा नाफा ९.८१ प्रतिशतले वृद्धि भएर ९४ करोड रुपैयाँ पुगेको छ । बैंकले राइट ब्याक उच्चले गरेपछि नाफा बढेको हो । बैंकले ४१ करोड ५४ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद […]

बजारमा बैंकको नाफाको खबर चुहिएपछि नेप्सेमा लगातार वृद्धि

९ वैशाख ,काठमाडौं । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको नाफा सम्बन्धि सूचना चुहिन थालेपछि नेप्से परिसूचक लगातार बढ्दो क्रममा देखिएको छ ।  गत साताको सुरुवातमै आठ वाणिज्य बैंकको नाफाको खबर चुहिएको थियो । हालसम्म पाँच वाणिज्य बैंकको मात्रै तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सूचना चुहिएका आठ मध्ये तीन बैंकको वित्तीय विवरण […]

सानिमा बैंकको नाफा २७ प्रतिशतले बढ्यो

९ वैशाख, काठमाडौं ।  चालु आवको तेस्रो त्रैमाशमा सानिमा बैंकको नाफा २७ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ७४ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद व्याज आम्दानी करिब २५ प्रतिशत […]

तीन बैंकको नाफा अर्ब माथि, एकको भने घट्यो

७ वैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका चार वाणिज्य बैंकमा तीनको नाफा अर्ब माथि पुगेको छ । गत वर्ष एक अर्ब नाफा कटाएको एनआइसी एशियाको भने यसपटक घटेको छ । सिद्धार्थ बैंक बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको राइट […]

यातायात व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलामी गर्ने

५ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्कि दिएपनि बैंकहरु भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् । ‘हामीले डराउनुपर्ने अवस्था छैन्, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन सक्छौं,’ नेपार बैंकर्स एशोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । हालै गण्डकी धौलागिरि अञ्चल […]

बीमा र लघुवित्तको मात्रै ६० करोडको सेयर किनबेच

४ वैशाख, काठमाडौं । अल्पकालिन लगानीमा खेल्दै आएकाहरुलाई बजारले एकपटक पुनः कमाउने अवसर दिएको छ । १० करोबार दिनमा नेप्सेले एक सय ३२ अंक जोडेको छ । मंगलवार नेप्से परिसूचक ३३.६१ अंकले बढेर १३३१ विन्दुमा आएको छ । बीमा कम्पनीहरुमा केहीले दुई सय प्रतिशतभन्दा धेरै हकप्रद सेयर दिने प्रस्ताव गरेपछि बीमा समूहको परिसूचकमा वृद्धि हुन […]

वित्तीय संस्थालाई सरकारले संरक्षण गर्ने संयन्त्र असारसम्म !

४ वैशाख, काठमाडौं । संकटको समयमा प्रणालीगत रुपमा नै महत्वपूर्ण वित्तीय संस्था (सिस्टमेटिकल्ली इम्पोर्टेन्ट फाइनान्सियल इन्स्टिच्युसन) हरुलाई सरकारले संरक्षण गर्ने सुनिश्चितताको लागि संयन्त्र विकास गर्ने काम भइरहेको छ । वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४– २०७७/७८ ले आव २०७४/७५ सम्ममा संयन्त्र विकास गर्ने उल्लेख गरेको छ । यस लक्ष्य अनुसार असारसम्ममा यस्तो संयन्त्र विकास भइसक्नु पर्छ […]

प्रिपेड कार्डबाट एक पटकमा अधिकत्तम १० हजार झिक्न पाइने

३ वैशाख, काठमाडौं । अब प्रिपेड कार्डबाट एक पटकमा अधिकत्तम १० हजार र प्रतिदिन ५० हजार रुपैयाँसम्म झिक्न पाइने भएको छ । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा सम्बन्धमा गरेको निर्देशनले यस्तो व्यवस्था गरेको हो । मंसिरमा गरिएको यससम्बन्धि प्रस्तावमा यस्तो सीमा प्रतिदिनको लागि पाँच हजार र प्रतिमहिनाको लागि २५ हजार […]