
News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय बैंकले वैदेशिक भ्रमणका लागि राहदानी बापत विदेशी मुद्रा सटही सुविधा विदेशी मुद्रा खातामा उपलब्ध गराउने व्यवस्था गरेको छ।
- केन्द्रीय बैंकले भारत बाहेक अन्य देश भ्रमणमा जाने नेपालीलाई राहदानी बापत अमेरिकी डलर ३ हजारसम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरेको छ।
- मुद्रा सटही गर्ने संस्थाले ग्राहकको उपयुक्त पहिचान गरी रेकर्ड कायम गर्नुपर्ने र नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट पहिचान गर्न सक्ने व्यवस्था थप गरेको छ।
१ साउन, काठमाडौं । वैदेशिक भ्रमणका लागि राहदानी बापत विदेशी मुद्रा सहटी सुविधा विदेशी मुद्रा खातामा पनि उपलब्ध हुने भएको छ ।
केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै वैदेशिक भ्रमण बापत मुद्रा सटही सुविधा सम्बन्धित व्यक्तिको विदेशी मुद्रा खातामा उपलब्ध गराउने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले राहदानी बापत सटही सुविधा र औपचारिक भ्रमण बापत सटही सुविधा परिवर्त्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोलेर समेत) उपलब्ध गराउन सकिने व्यवस्था थप गरेको हो ।
त्यसैगरी मुद्रा सटही सम्बन्धी कारोबार गर्ने संस्थाले कुनै पनि समयमा ग्राहकको उपयुक्त पहिचान गर्न आवश्यक परिचय लिने र त्यसको उचित परीक्षण गरी रेकर्ड समेत कायम गर्नुपर्ने छ ।
साथै, ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरण पहँुचका आधारमा समेत संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले थप गरेको छ ।
त्यसैगरी केन्द्रीय बैंकले भारत बाहेक अन्य देश भ्रमणमा जाने नेपालीलाई राहदानी बापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा दिन सक्ने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा २ हजार ५ सय डलर थियो ।
त्यस्तै केन्द्रीय बैंकले बैंकहरूको विदेशी मुद्रा कारोबार सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले प्रोप्राइटरी अन्तर्गतका डेरिभेटिभ्स कारोबारका हकमा बक्यौता खरिद र बिक्री दुवैको जोड प्राथमिक पूँजीको २५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो सीमा २० प्रतिशतमात्र थियो ।
सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१ मुद्रा सटही सम्बन्धी कारोबार गर्ने संस्थाले कुनै पनि समयमा ग्राहकको उपयुक्त पहिचान गर्न आवश्यक परिचय लिने र त्यसको उचित परीक्षण गरी रेकर्ड समेत कायम गर्नुपर्ने छ ।
साथै, ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरण पहँुचका आधारमा संस्थाले ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने छ ।
संस्थाले कुनै पनि समयमा ग्राहकको उपयुक्त पहिचान कायम गर्न आवश्यक परिचय लिने र त्यसको उचित परीक्षण गर्नुपर्ने छ । साथै, ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरण पहँुचका आधारमा संस्थाले नियमावली बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्न सक्ने छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली २०८१ को परिच्छेद–६ बमोजिम सूचक संस्थाले निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा टार्गेटेड फाइनान्सियल स्याङ्सन फर फाइनान्सियल इन्स्टिच्युसनको मार्गदर्शन जारी गरिएको हुँदा सोही बमोजिम गर्नु/गराउनुपर्ने छ ।
प्रतिक्रिया 4