
News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्यो।
- उनी २०७७ साल साउनदेखि नबिलमा कार्यरत छन् ।
२२ जेठ, काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यसैगरी गत चैत १३ गते देखि उनी नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
दैलेखमा जन्मेका ज्ञवाली ४४ वर्षका भए । करिब २५ वर्ष भन्दा धेरै बैंकिङ क्षेत्रमा बिताइसकेका उनीसँग बैकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा समेत ५ वर्ष काम गरेको अनुभव छ ।
ग्लोबल आईएमई बैंकमा ७ वर्ष विताएका ज्ञवालीले २ वर्षसम्म ज्योति विकास बैंकको नेतृत्व गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।
त्यस्तै बैंकले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया 4