+
+
Shares

वाणिज्य बैंकहरूको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै

गत आर्थिक वर्ष बैंकहरूले लगानी गरेको कुल कर्जा २ खर्ब ९१ अर्ब थियो । तर, चालु आव वैशाखसम्म मात्रै २० बैंकहरूको कुल कर्जा लगानी ३ खर्ब ४० अर्ब पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकहरूको कर्जा वृद्धिदर निक्षेपको तुलनामा बढी भएको छ, जसले आर्थिक गतिविधिको सुधार संकेत गर्दछ।
  • चालु आवको वैशाखसम्ममा मात्रै २० बैंकहरूको कुल कर्जा लगानी ३ खर्ब ४० अर्ब पुगेको हो ।
  • आर्थिक सुधार र आयातमा सुधारले कर्जा वृद्धिदरमा सकारात्मक प्रभाव पारेको छ, यद्यपि माग र पूँजीकोषको दबाबले कर्जा विस्तारमा बाधा पुर्‍याइरहेको छ।

२ जेठ, काठमाडौं । यो आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप भन्दा कर्जाको वृद्धिदर धेरै देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूको निक्षेपको तुलनामा कर्जा लगानी ०.६९ प्रतिशत बिन्दुले बढेको हो ।

विगत केही वर्षदेखि आर्थिक गतिविधिमा सुस्तता आएपछि बैंकहरूमा कर्जाको माग बढ्न सकेको थिएन । गत आर्थिक वर्षमा बैंकहरूले लगानी गरेको कुल कर्जा २ खर्ब ९१ अर्ब रूपैयाँ थियो । तर, चालु आर्थिक वर्षको वैशाखसम्ममा मात्रै २० बैंकहरूको कुल कर्जा लगानी ३ खर्ब ४० अर्ब पुगेको हो ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूमा ३ खर्ब ८८ अर्ब निक्षेप थपिएको छ । हालसम्म बैंकहरूको कुल निक्षेप ६१ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ । चालु आवको हालसम्म बैंकहरूमा थपिएको निक्षेपको वृद्धिदर ६.७५ प्रतिशत रहेको संघले जनाएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको हालसम्ममा बैंकहरूको कर्जा लगानी ३ खर्ब ४० अर्ब पुगेको छ । यो सँगै बैंकहरूको कुल कर्जा लगानी ४९ खर्ब ११ अर्ब पुगेको छ । चालु आर्थिक वर्षमा बैंकहरूको कर्जा लगानी वृद्धिदर ७.४४ प्रतिशत रहेको संघले जनाएको छ ।

चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएसँगै कर्जा वृद्धिदरमा सुधार आएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन् । त्यसका साथै अर्थतन्त्रका वाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा आयातमा पनि सुधारको हुनाले पनि कर्जा वृद्धिदरमा सुधार आएको हो । आन्तरिक उत्पादन नबढेको भएपनि आर्थिक गतिविधिमा विस्तारै सुधार आएको बैंकहरूले प्रवाह गरेको कर्जाले पनि स्पष्ट हुन्छ ।

बैंकहरूको निक्षेप तथा कर्जा तालिका :

स्रोत : नेपाल बैंकर्स संघ

वैशाखमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७९.२६ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने र कर्जा लगानी नबढ्दा कर्जा निक्षेप अनुपात सहज अवसथा देखिएको हो । बैंकहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा लगानी गर्न सक्छन् । कर्जा निक्षेप अनुपात न्यून देखिए पनि पछिल्लो समयमा बैंकहरूको कर्जा लगानी विस्तारको बाधक न्यून माग र पूँजीकोषको दबाब पनि हुन् ।

तर, चालु आर्थिक वर्षको मासिक तथ्यांक हेर्दा बैंकहरूले साउन महिनामा २ अर्ब मात्र कर्जा लगानी गरेका छन् । त्यसैगरी भदौमा ५३ र असोज महिनामा ५६ अर्ब कर्जा लगानी गरेका थिए । साथै यो वर्षको कात्तिक महिनामा भने बैंकहरूको कर्जा लगानी २ अर्बले घटेको थियो भने मंसिरमा ४२, पुसमा ९४, माघ १२, फागुनमा २३ र चैतमा ६५ अर्बले बढेको बैंकर्स संघले जनाएको छ । तर, वैशाखमा बैंकहरूको कर्जा लगानी भने ४ अर्बले घटेको छ ।

त्यसैगरी यो वर्षका मासिक निक्षेपलाई हेर्दा पनि साउनमा ३९ अर्बले घटेको संघले जनाएको छ । भदौमा ७३, असोजमा १३३ अर्बले बढेको थियो । तर, कात्तिकमा १९ अर्ब घटेको निक्षेप मंसिरमा ३३ अर्ब, पुसमा ५१, माघमा ९०, फागुनमा ४०, चैतमा ८३ अर्ब र वैशाखमा २३ अर्ब निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?