+
+

सहकारी र लघुवित्त समस्या समाधान उन्मुख छन् : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी र लघुवित्तसँग सम्बन्धित समस्या समाधान उन्मुख रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १५:५३
विष्णुप्रसाद पौडेल/फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी र लघुवित्तसँग सम्बन्धित समस्या समाधान उन्मुख रहेको बताएका छन् ।

प्रतिनिधिसभा अर्थ समितिमा बुधबार अर्थमन्त्री पौडेलले सहकारी नियमनका लागि दोस्रो तहको नियमनकारी निकाय बनाउने सम्बन्धमा निष्कर्षमा पुगिसकेको बताए ।

विगतमा सहकारीलाई स्वनियमनमा छाड्दा बढी समस्या देखिएको उनको भनाइ छ ।

‘स्वनियमनको मान्यता भयो, त्यसमै जोड दिएर काम गरियो, यसले समस्या निम्तियो,’ उनले भने, ‘अब एउटा नियमन गर्ने मेकानिज्म चाहिन्छ भन्ने कुरामा स्वयं सहकारीहरू समेत सहमत भएको अवस्था छ । यसले छिट्टै मूर्तरूप लिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?