+
+

कृषि विकास बैंक लहान शाखाको घटनामा बैंक तथा वित्तीय संस्थाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:२८

२६ पुस, काठमाडौं । सिरहाको लहानस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा भएको आक्रमणप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले प्रतिवाद गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी ध्यानकर्षण भएको बताएका हुन् ।

बैंकको लाहान शाखाले स्थानीय किसान रामचन्द्र यादवलाई जग्गा धितोमा कृषि कर्जा दिएको र कर्जा भुक्तानी नभएपछि बैंकले उनको जग्गा लिलाम गरेको थियो ।

बैंकले आफ्नो जग्गा आफूलाई जानकारी नै नदिई लिलाम गरेको भन्दै बिहीबार किसान रामचन्द्र सहित स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरोध गर्दै लहानमा प्रदर्शन गरेका थिए ।

सोही क्रममा बैंकको शाखामा समेत आक्रमण भएको र राजमार्ग अवरुद्ध गर्ने क्रममा भएको झडपका क्रममा प्रहरी र प्रदर्शन गर्ने स्थानीय समेत घाइते भएका थिए ।

बैंकको कार्यालय नै बन्द गराएर भएको प्रदर्शन तथा लहानका अन्य केही बैंक शाखासमेत बन्द गराएको र कर्मचारीलाई सामाजिक सञ्चालन मार्फत धम्की दिएको भन्दै बैंक तथा वित्तीय संस्था एकजुट भएर त्यसको प्रतिवाद गरेका हुन् ।

कृषि विकास बैंकले बिहीबार नै विज्ञप्ति जारी गर्दै किसान रामचन्द्रले पटक–पटक पत्राचार गर्दा समेत ऋण नतिरेपछि धितो लिलाम भएको भन्दै बैंकमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।

विभिन्न माध्यमबाट बैंकका कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति सबै बैंक तथा वित्तीय संस्था एकजुट भएर त्यसको विरोध जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?