Comments Add Comment

मेरो कथा

List Grid
अब भारत पनि हामीसँग डराउँछ

अहिले काठमाडौंमा छु तर, मन विराटनगरमा छ । त्यहाँ राष्ट्रिय महिला फुटबल टिमका मेरा साथीहरु उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् । भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले म भित्रैदेखि तरंगित छु । यतिबेला मेरो फुटबल यात्राका पुराना यादहरु ताजा भइरहेका छन् । मेरो फुटबललाई बुझाउन म सुरुमा त्यही समयको एउटा कुरा सुनाउँछु । […]

…त्यसपछि मेरै नामको कोटा काटियो !

मैले उसु खेल्न थालेको जम्माजम्मी सात वर्ष बित्यो । तर यो सात वर्षमा नमिठो पीडा भोगेकी छु । खुशीले उफ्रिएकी छु । सम्भावना सकियो भनेर निराश भएकी छु । ओहो ! यस्तो पो जीवन भनेर रमाएकी पनि छु । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै देशका लागि स्वर्ण पदक जित्न पाउँदाको उत्साह असाध्यै ठूलो छ । अनि पहिलो […]

सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ

सपना र विपनाबीच कति अन्तराल हुन्छ म भन्न सक्दिनँ । तर, अहिले म जहाँ छु, कुनै सपनाभन्दा कम छैन । जंगलको एउटा कुनाबाट आएर अहिले सबैमाझ चिनिएको मात्र छैन, देशको परिचयमा जोडिएकी छु । एउटा मान्छेको जीवनमा यस्तो पनि सम्भव हुँदोरहेछ, आफैं दंग पर्छु । गाउँमा मेलापात, घाँस दाउरा धेरै गरेँ । भारी बोकेर भीरपाखा […]

एउटा गुच्चाका लागि चार किलोमिटर दौडिन्थेँ

एथलेटिक्समा राष्ट्रिय प्रतियोगिताहरु जितिरहँदा, कीर्तिमान बनाइरहँदा, अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा देशको प्रतिनिधित्व गरिरहँदा मलाई आफ्नो जीवनलाई पछाडि फर्केर हेर्न मन लाग्छ । खेलाडी बन्छु भनेर त कहिल्यै सोचेकै थिइनँ । विद्यालय पढ्ने समयसम्म परिवारलाई विभिन्न काममा सघाउँदै गर्दा नै मभित्रको खेलाडी हुर्किएको हो । पाखा-पखेरामा वारपार गरिरहँदा मेरो खेलाडी जीवनको पूर्वतयारी भइरहेको रहेछ । त्यो समय […]

धनुष बाँणले देखाएको जीवन

सानो बेलामा धनुष बाँण देख्दा हानौं-हानौं लाग्ने सबैलाई हुन्छ कि मलाई मात्रै हुन्थ्यो खै थाहा छैन । तर मेरो मनभित्र भने त्यसको रहर बसिरहेको रहेछ । त्यसैले त अहिले हुर्किसकेपछि आर्चरी खेलाडी बनाएको छ । खेलाडी नै बन्छु भन्ने त लागेकै थिएन । सानोमा जिल्लास्तरीय बास्केटबल प्रतियोगिता खेलिरहँदा पनि रहर मात्रै थियो । त्यस्तोमा आर्चरीमा […]

बल टिप्ने केटोबाट नम्बर वान गल्फर !

मेरो खेल जीवनको यात्रा अलि भिन्न छ । सामान्य परिवारको केटाले गल्फ खेल्ने कल्पना अहिले त गर्न सक्दैन भने त्यो समय त कल्पनाभन्दा धेरै पर थियो । तर त्यही परको कल्पना मेरो भने सपना बन्दै गयो । जुन अहिले पूरा पनि भइरहेको छ । गल्फ अलि महँगो खेल हो भनिन्छ । हो पनि । ठूलो […]

नेपालकी बलवान महिलाः १७ वर्षसम्म दोस्रो मेडल लगाउनु परेन

यसो सम्झेर बस्दा मेरो जीवनको कथा, खेलका यात्रामा पनि सयौँ चन्द्र सूर्य आएर गइसकेछन् । शरीरले उमेरलाई ३७ वर्षमा पुर्‍याइदिएछ, मनले भने अझै २७ वर्षतिरै राखिरहेको छ । खेलाडी बन्छु भन्ने सोचेकी थिइनँ, बनेँ । भलिबलबाट सुरु गरेको यात्रा भारत्तोलनमा पुग्ला जस्तो पनि लागेको थिएन, पुग्यो । सटपुट, ज्याभ्लिन थ्रो, डिसकस थ्रो, बक्सिङसम्म पनि छाडिनँ […]

चोटैचोटले डुबाएको मेरो क्रिकेट

जब जब नेपाली टिम कुनै प्रतियोगिता खेलिरहेको हुन्छ, म आफूलाई त्यो ठाउँमा राखेर हेर्न मन पराउँछु । अहिले नेपाली टिम एकदिवसीय र टी–२० सिरिजका लागि युएईमा छ । एकदिवसीय सिरिज जित्यौं, अब टी–२० खेल्दैछौं । खेलाडीको रुपमा कुनै प्रतियोगिता जित्दा कस्तो अनुभव हुन्छ मैले राम्ररी बुझेको छु । सिरिज जित्दा उनीहरुको मनमा के आइरहेको होला […]

अब जित्छौं, अनि भन्छौं – केही त गर

नेपाली महिला क्रिकेटरहरुले कस्तो अवस्थामा के गरिरहेका छन् भन्ने धेरैले देख्नु भएकै छ । हामीलाई देशको माया छ, त्यसैले पैसासँग किन तुलना गर्नु ? यही दृढ संकल्पले खेल्ने उत्साह दिइरहन्छ । होइन भने त कसरी सकिन्छ र ? परिवारले केही नभनी सहयोग गरिरहेको छ, क्रिकेट खेलेर केही नदिँदा पनि चिन्ता नगरी खेल्न हौसला दिएको छ, […]

पुरस्कार पाएको स्कुटर उपचारका लागि बेचेँ

एउटा खेलाडी राम्रो खेलिरहँदा, चर्चामा रहिरहँदा अकस्मात घाइते भएर विश्राममा बस्नुपर्दा कस्तो पीडा होला ? यसको जवाफ मलाई सोध्नुभए हुन्छ । भलिबलमा नै केही गर्छु भनेर दायाँबायाँ नहेरी मेहनत गरेपछि राम्रो हुँदै गएको थियो । तर, एकाएक चोटका कारण खेल्न नसक्ने भएँ । यो अवस्था असाध्यै पीडादायी छ । बाहिर बसेर अरुले खेलिरहेको हेर्नु आफूले […]

त्यो १६ सेकेण्डले देशलाई जिताउन चुकेँ

म विद्यालय जान थालेदेखि परिवारले मेरा लागि सपना देखिदियो, स्टार्फ नर्स बनाउने । तर, उहाँहरुको त्यो सपनामा म मिसिन सकिनँ । मेरा लागि जिन्दगीको बाटो भनौँ या सपना कराते सिक्न थालेदेखि नै देखियो । विद्यालयमा पढेका किताबभन्दा डोजोमा सिकेका काँता, कुमुतेले मन हर्‍यो । सहभागीता जनाउन थालेको पहिलो प्रतियोगितादेखि नै उपाधि जित्न थालेँ । गुरुहरुको […]

एक इनिङले चम्किएका अलराउण्डर !

… त्यो दिन क्यानडाविरुद्धको खेल जितेपछि राति सोमपाल कामी र म होटलको कोठामा सुतिरहेका थियौँ । सोमपाल मेरो रुम पार्टनर । हामी कहिल्यै बेडमा सुत्दैनौँ । भुइँमा नै ओछ्यान लगाएर सुत्छौँ । रातको एक बजिसकेको थियो । अरु बेला भएको भए मस्त निद्रामा हुन्थ्यौँ । त्यो रात भने छट्पटाइरहेका थियौँ तर, त्यो खुशीको छट्पटाहट थियो […]

जब इन्डोनेसियामा नेपालको झण्डा ओढेँ

मेरो फुटबल यात्रा अनौठो छ । सानोमा गोलकिपर पनि खेलियो, डिफेन्स र स्ट्राइकर पनि । १६ वर्षको उमेरमा राष्ट्रिय टिममा आएपछि पनि गोलकिपरबाहेक सबै पोजिसनमा खेलिसकेँ । क्लब फुटबलमा पनि त्योभन्दा फरक छैन । जहाँबाट जसरी होस् फुटबल खेल्न पाउँदा रमाइलो लाग्छ । चाहे नेपालमा होस्, भारतमा, मलेसियामा या इन्डोनेसियामा नै किन नहोस् । खेलको […]

साफ च्याम्पियनसिप जित्ने एउटा सपना

अहिले तपाईंले जुन किरण चेम्जोङ चिन्नुभएको छ, यो नाम बनाउन र यहाँसम्म आइपुग्न निकै संघर्ष गरेको छु । अत्याशलाग्दा दिनहरु कटाएको छु । हरेक समय मेहनत गरेको छु । बुझ्ने भएदेखि फुटबलकै सपना देखिरहेको छु । सानोमा मेरो परिवारसँग फुटबल बुट किन्ने पैसा हुँदैन थियो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । यो सत्य हो । […]

विश्व च्याम्पियनलाई हराएको एक सेट

घरको प्यासेजमा या त्यस्तै कुनै खुला ठाउँमा चप्पलको नेट बनाएर टेबलटेनिस खेल्नुभएको छ ? असाध्यै रमाइलो हुन्छ । मैले पनि यसरी नै टेबलटेनिस खेल्न थालेको हुँ । छोटो समयमै राष्ट्रिय च्याम्पियन बनेँ । अन्तर्राष्ट्रिय रुपमै नाम कमाएँ । तर, सुरुआत त चप्पलको नेट नै हो । सानो बेलामा दाइ र म घरको प्यासेजमा चप्पल मिलाएर […]

ह्वीलचेयरले डोर्‍याएको खेल जीवन

अब जीन्दगी सकियो भनेर हरेश खाने हो भने साच्चिकै सकिन्छ नै । मैले गर्न सक्छु, केही गर्नुपर्छ भनेर हिम्मत बढाउने हो भने धेरै गर्न सकिन्छ । यो ३५ वर्षको उमेरमा मैले बुझेका कुरा र अपाङ्गता भएको १६ वर्षमा मिलेको शिक्षाले भनिरहेको छु, चाहे जे होस्, अवस्था जस्तो आओस् हार खानु हुँदैन । पेन्टिङ, संगीत, नृत्य […]

त्यो दिन बुवाले सोध्नुभयो, कुन बुट किन्ने ?

जीवन सधैं आफूले सोचेको दिशामा अघि बढ्दो रहेनछ । यसको ज्वलन्त उदाहरण म आफैं हुँ । सानो छँदा मैले फुटबल खेलाडी बन्ने सोचेकै थिइनँ । खासमा म फुटबल त्यति रुचाउँदिनथे । मेरो सपना त डान्सर बन्ने थियो । तर, समयले भनौं या भाग्यले मलाई फुटबल मैदानमा हेलिदियो । अन्ततः यही खेलले मलाई चिनायो । आज […]

नेपाली महिला फुटबलरमा रहेको भारतको ‘भूत’ हटाएँ

आफ्नो फुटबल जीवनलाई फर्केर हेर्दा रोमाञ्चित हुन्छु । ४२ वर्षको उमेरमा आइपुग्दा अहिलेसम्म सोचेको फुटबलमात्रै हो । सानो बेला झापा चन्द्रगढीमा छँदा फुटबलको नशाजस्तो बसेको थियो अहिलेसम्म पनि छुटेको छैन । बरु बढेको छ । खेलाडी जीवन सकिएको धेरै भयो, तर पनि म फुटबलबाट टाढा हुन सकेको छैन । आखिर नशा न हो । त्यसैले […]

धन्न अष्ट्रेलियाको भिसा लागेन ….

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा […]

….त्यसपछि नेपाली क्रिकेट टिमको पहिलो कप्तान भएँ

अहिले नेपालमा क्रिकेटको क्रेज कति छ मैले बताइरहनु नपर्ला । मैले बताउनुपर्ने कुराहरु अरु धेरै छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो कप्तान भनेर आफूलाई चिनाउन पाउँदा आज मलाई गर्व हुन्छ । तर, हाम्रो समयमा क्रिकेट खेल्न सजिलो थिएन । खेलकुदमा लाग्न बच्चाहरुलाई बाबुआमाबाट प्रोत्साहन हुँदैनथ्यो । घरबाट ब्याट र बल लुकाएर मैदान पुग्थ्यौं हामी […]

आशा, निराशा र आयशा

एउटी १० वर्षकी फुच्चीले तेक्वान्दोको एरिनामा उफ्रिउफ्री किक हानेको दृष्य अहिले मेरो आँखा अगाडि नाचिरहेको छ । आखिर, त्यो फुच्ची मै त थिएँ । अहो, २० वर्ष भइसकेछ म तेक्वान्दोमा बरालिएको । बरालिएको होइन, रमाएको भनौं । रहरै रहरमा खेल्न थालेको खेल मेरो जीवनकै एउटा अभिन्न अंग बन्न पुग्यो । जे पाएँ, तेक्वान्दोबाटै पाएँ । […]