२ असार, काठमाडौं । आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ ।
सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६औं मिनेटमा आत्मघाती गोल हुँदा इजिप्ट जितबाट टाढा रहनुप¥यो ।
इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नो गोलपोष्ट छिरेपछि बेल्जियम खेलमा फर्किएको थियो ।
समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एकएक अंक जोडेका छन् । इरान र न्यूजिल्यान्डले भने खेल्न बाँकी छ ।
प्रतिक्रिया 4