+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा केप भर्डेसँग स्पेनको बराबरी

२०८३ असार  १ गते २२:४३ २०८३ असार १ गते २२:४३

फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा स्पेन र केप भर्डे गोलरहित बराबरी खेलेका छन् ।

१ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा स्पेन र केप भर्डे गोलरहित बराबरी खेलेका छन् ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन ।

सन् २०१० को विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेमाथि दबाब सिर्जना गरेपनि हालसम्म गोल गर्न सकेको छैन ।

केप भर्डेका गाेलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय