Comments Add Comment

अध्यागमन

List Grid
अध्यागमनको सेवा तीन बजेसम्म मात्र

३१ वैशाख, काठमाडौं । अध्यागमन विभागको सेवा अब दिउँसो तीन बजेसम्म मात्र संचालन हुने भएको छ । विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय तय गरेको जनाएको छ । अब विभाग आइतबारबाट बिहीबार १० बजेबाट ३ बजेसम्म मात्र खुल्नेछ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने गरि […]

आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर

१ असार, काठमाडौं । नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ । अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको जी टु जी कार्यक्रमअन्तर्गत ‘पाइसेज’ नामको सफ्टवेयर प्रणाली लागू हुन लागेको हो । पाइसेजको मुख्य उद्देश्य आतंककारीको आवागमन रोक्नु र शंकास्पद […]

नेपालबाट दुई सय ८१ विदेशी नागरिक निष्कासित

४ भदौ, काठमाडौं ।  एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ । विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको हो । आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन् । अध्यागमन विभागका अनुसार […]

युरोपेली शरणार्थीलार्इ नेपाल छिर्न सजिलो

विदेशीहरूका लागि नेपाल भ्रमण गर्न संसारको सबै भन्दा सजिलो देशको सुचीमा आउँछ । नेपालको कम्जोर अध्यागमन नियम र नीति र भिषाको समय सकिए पनि सजिलै बस्न सक्ने भएकाले धेरै विदेशीहरुले यसको सदुपयोग र दुरूपयोग गरेका छन्। ललितपुरको नख्खु जेलमा ६६ जना विदेशी कैदी छन्। यसले हाम्रो असफल अध्यागमन नीतिबारे बताउँछ। क्यानडाको एकजना मानिस हालै एक […]