Comments Add Comment

ए डिभिजन लिग

List Grid
ए डिभिजन लिग कात्तिक २९ देखि, विजेताले ७५ लाख पाउने

१७ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको झण्डै दुई महिना पछि सरेको छ । यसअघि असोज ३ देखि हुने तय भएको प्रतियोगिता अब कात्तिक २९ अर्थात नोभेम्बर १५ देखि हुने भएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुबीच भएको छलफलले प्रतियोगिता पछाडि सार्ने निर्णय गरेको हो । आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप […]

हिमालयन शेर्पा क्लब छाडेका मानबहादुर सातदोबाटोमा आबद्ध

१२ साउन, काठमाडौं । लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए । नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ । […]

ए डिभिजन लिग रोक्न ललितपुरका चार क्लबको माग

५ साउन काठमाडौं । ललितपुरका चार क्लबले आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गरेका छन् । थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले कोरोना संक्रमण दरमा उल्लेखनीय कमी नआएको भन्दै असोज ३ गतेदेखि गर्ने तयारी गरिएको ए डिभिजन लिग रोक्न अखिल नेपाल फुटबल […]

श्यान्सु भुषालले सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेल्ने

२० असार, काठमाडौं । युवा फुटबलर श्यान्सु भुषालले सातदोबाटो युथ क्लबबाट शहीद स्मारक ए डिभजन लिग फुटबल खेल्ने भएका छन् । गत सिजन बी डिभिजनको च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले नयाँ सिजनका लागि श्यान्सुलाई अनुबन्ध गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज ३ गतेदेखि ए डिभिजन लिग आयोजना गर्ने जनाएको […]

ए डिभिजन लिग फुटसल अनिश्चितकालका लागि स्थगित

२८ वैशाख काठमाडौं । आगामी जेठ १ गतेदेखि पोखरामा तय भएको ए डिभिजन लिग राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै कोभिड-१९ बाट उत्पन्न प्रतिकूल परिस्थितीका कारण अनिश्चितकालका लागि फुटसल लिग स्थगित गरेको जनाएको छ । एन्फाले अर्को सूचना जारी नहुँदासम्मको लागि […]

खुमलटार हारेपछि सातदोबाटो दुई खेलअघि नै ए डिभिजनमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब श्री भगवती क्लबसँग पराजित भएपछि सातदोबाटो युथ क्लब दुई खेल अगावै शहीद स्मारक बी डिभिजन लिगको च्याम्पियन बन्ने पक्का भएको छ । साथै उक्त नतिजापछि सातदोबाटो आफ्नो अन्तिम दुई खेल खेल्नुअघि नै ए डिभिजन लिगमा उक्लने पनि पक्का भएको छ । जारी लिग अन्तर्गत शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा […]

श्री भगवतीको दोस्रो जित, आरसीटी र श्री कुमारीले अंक बाँडे

२० फागुन, काठमाडौं । श्री भगवती क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । अर्को खेलमा आरसिटी र श्री कुमारीले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-२ ले पराजित गरेको हो । खेलको ११औं मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल […]

मनाङले तेस्रो स्थानमा चित्त बुझाउँदै सकायो लिग

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७६ तेस्रो स्थानमा चित्त बुझाउँदै सकाएको छ । लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा शुक्रबार जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई पछि पारेको हो । सातदोबा६स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा निशाल सुब्बाले मनाङको लागि गोल गरे । उनले खेलको […]

पुलिसलाई हराउँदै मनाङ तेस्रो स्थानमा फर्कियो

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब केही घण्टापछि नै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई अंक तालिकामा पछि पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङका लागि विमल राना र अन्जन […]

भरत खवास लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी

काठमाडौं । भरत खवासले नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध गोल गर्दे भरतले ५० औं गोल पूरा गरे । ब्रिगेड ब्वाइज क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले ३-० को सहज जित हात पार्ने क्रममा भरतले पहिलो गोल गरेका थिए । आर्मीका कप्तानसमेत […]

च्यासलसँग हारेपछि सरस्वती एक खेल बाँकी हुँदै रेलिगेसनमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (सोमबार) भएको खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि सरस्वती युथ क्लब एक खेल अगावै रेलिगेसनमा परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वती च्यासलसँग २-१ ले पराजित भएको हो। हारपछि १२ खेलबाट ४ अंक मात्र रहेको सरस्वती १४ क्लब सम्मिलित लिगमा पुछारमा छ । […]

एपीएफद्वारा फ्रेण्ड्स पराजित

काठमाडौं । आशिष लामा र प्रविनकुमार स्याङ्तानको दुई-दुई गोल मद्दतमा एपीएफले शहीद स्माक लिगमा फ्रेण्ड्सलाई ५-२ले पराजित गरेको हो । यस सिजन दोस्रो जित हात पारेको एपीएफले रेलिगेसन जोनबाट ४ अंक अगाडि बढेको छ । १२ खेलबा६ ८ अंकसहित एपीएफ १३औं स्थानमा छ । पुछारमा रहेको सरस्वती युथ क्लबको ११ खेलबाट ४ अंङ्क छ । […]

ए डिभिजन लिगमा आज थ्री स्टारसँग संकटा र पुलिससँग ब्रिगेड भिड्दै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ११औं चरणको दुई खेल हैँदछ । जसमा थ्री स्टारसँग संकटा क्लब र नेपाल पुलिससँग  ब्रिगेड ब्वाइज खेल्दैछन् । बिहान साढे ११ बजे सुरु हुने खेलमा चौथो स्थानको थ्री स्टार र पाँचौ स्थानको संकटा बीच प्रतिस्पर्धा हुनेछ । १० खेलबाट १७ अंकसहित थ्री स्टार चौथो स्थानमा छ । […]

लिगमा मनाङको पहिलो हार, उपाधि होडमा धक्का

२० माघ, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजनमा पहिलो हार ब्यहोरेको छ । सोमबार च्यासल युथ क्लबले मनाङलाई २-० ले स्तब्ध बनाएको हो । यससँगै उसको उपाधि रक्षा होडमा धक्का लागेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको दुबै हाफमा च्यासलले एक एक गोल गरेको थियो । खेलको पहिलो मिनेटमै […]

आर्मी लिग उपाधिबाट तीन कदम टाढा

१९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मीले उपाधि होड कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नवयुग श्रेष्ठले दुई गोल गर्दा आर्मीले दुई पटक पछाडि परेर पनि पुनरागमन मात्र गरेन, महत्वपूर्ण तीन अंक जोड्यो । यससँगै आर्मीले उपाधि होडलाई […]

ए डिभिजन लिगमा फ्रेण्ड्सले च्यासललाई हरायो

काठमाडौं । उत्तम राईले गरेको एक मात्र गोलमा फ्रेण्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई १-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बने पनि फ्रेण्ड्सले दोस्रो हाफमा गोल गरेको थियो । ८४औं मिनेटमा उत्तम राईले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको […]

एडिभिजन लिगमा सरस्वतीले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । लगातार ८ खेलको जितबिहीन यात्रा अन्त्य गर्दै सरस्वती युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबमाथि ४-३ की जित हात पारेको हो । यसअघि ८ खेलमा सरस्वतीले १ बराबरी खेलबाट १ अंक मात्र जोडेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीलाई […]

ए डिभिजन लिगमा एपीएफमाथि एनआरटीको रोमाञ्चक जित

५ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले विभागीय क्लब एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एपीएफलाई ३-२ ले पराजित गरेको हो । ८५औं मिनेटमा दर्शन गुरुङले गोल गरेपछि एनआरटीले जित हात पारेको हो । २४औं मिनेटमा आन्द्रे थियरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । […]

जम्मा ५ गोल भएको छैटौं चरण, मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । पाँच खेलाडीले गोल गरे । पाँच टिमले गोल गरे । तीन खल गोलरहित बराबरीमा सकियो । चार खेल बराबरी भयो । तीन खेलमा स्पष्ट नतिजा आयो । मनाङले लगातार तेस्रो बराबरी खेल्दा त्रिभुवन आर्मीको लगतार तीन खेलको जितमा ब्रेक लाग्यो र पहिलो बराबरी खेल्यो । फ्रेण्ड्सले पहिलो जित हात पार्दा सरस्वती युथ क्लबले […]

सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरे

२३ पुस, काठमाडौं । सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । यो सिजन च्यासल युथ क्लवबाट खेलिरहेका उनले  बुधबार नेपाल पुलिसविरुद्ध गोल गर्दै उनले उक्त कोसेढुङ्गा पूरा गरेका हुन् । १७ औं मिनेटमा च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न त प्रयास गरे पनि पूर्ण क्लियर गर्न नसक्दा […]

ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्ड्सबीच गोलरहित बराबरी

२२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अन्तर्गत मंगलबार भएको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको मंगलबारको नतिजापछि पाँचौं चरणसम्म पनि दुवै टोली जितविहीन छन् । दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए । फ्रेण्ड्सले दुवै हाफमा […]