+

ए डिभिजन लिगको नयाँ ट्रफी डिजाइन गर्नेलाई एन्फाको ५० हजार पुरस्कार

२०८२ असार  ३१ गते १९:३६ २०८२ असार ३१ गते १९:३६
ए डिभिजन लिगको नयाँ ट्रफी डिजाइन गर्नेलाई एन्फाको ५० हजार पुरस्कार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहीद स्मारक 'ए' डिभिजन लिगको नयाँ ट्रफी डिजाइनका लागि आवेदन आह्वान गरेको छ।
  • ट्रफी १० किलो शुद्ध चाँदीबाट निर्माण गरिने र डिजाइनले विजय, सम्मान, राष्ट्रिय गौरव तथा सहीदप्रतिको श्रद्धाञ्जली झल्काउनुपर्ने एन्फाले जनाएको छ।
  • डिजाइन पेश गर्ने अन्तिम म्याद २०८२ भदौ १५ तोकिएको र छनोट हुने डिजाइनरलाई ५० हजार नगद पुरस्कार र औपचारिक सम्मान प्रदान गरिनेछ।

३१ असार, काठमाडौं . अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ ट्रफी डिजाइनका लागि आवेदन आह्वान गरेको छ। एन्फाले ट्रफी डिजाइनका लागि छनोट हुने डिजाइनरलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ।

एन्फाका अनुसार ट्रफी १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिनेछ। डिजाइनले फुटबलमा विजय र सम्मान, राष्ट्रिय गौरव तथा सहीदहरुप्रतिको श्रद्धाञ्जली झल्काउनुपर्नेछ।

साथै, ट्रफी विशिष्ट, भव्य र लिगको गौरवपूर्ण इतिहास प्रस्तुत गर्ने खालको हुनुपर्ने एन्फाले जनाएको छ।

डिजाइन पेश गर्न इच्छुक कलाकार, डिजाइनर तथा कृतिकारहरूले प्रारम्भिक स्केच वा थ्रीडी मोडेल, डिजाइनको प्रेरणा र विवरणसहित पीडीएफ, एआई वा थ्रीडी फाइलमा प्रस्ताव पठाउनुपर्नेछ।

प्रस्ताव पठाउने अन्तिम म्याद २०८२ भदौ १५ (अगष्ट ३०, २०२५) तोकिएको छ।

एन्फाले छनोट गरिएको डिजाइनलाई आधिकारिक रूपमा ट्रफी निर्माणमा प्रयोग गर्ने र डिजाइनरलाई औपचारिक सम्मानसमेत गर्ने जनाएको छ।

ए डिभिजन लिग एन्फा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय