Comments Add Comment

डा. रामवरण यादव

List Grid
मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए । पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि […]

सर्वोच्चको फैसलाले संविधान मजबुत बनाएको छ : पूर्वराष्ट्रपति यादव

१३ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताएका छन् । उनले  लोकतन्त्र रहेसम्म अब  कसैले पनि ५ बर्षसम्म संसद भंग गर्न नसक्ने उनको भनाइ छ । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वोच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई […]

राष्ट्रपतिले संविधानको रक्षा गर्नुभएन : पूर्वराष्ट्रपति यादव

७ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् । शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’ प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन […]

संसद विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव

१६ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । अब बल अदालतको कोर्टमा रहेको भन्दै उनले भने, संविधानअनुसार […]

‘राष्ट्रपति चुक्नुभयो, सर्वोच्चको ध्यान पुगोस्’

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी पूर्वराष्ट्रपति डा.रामवरण यादवले गरेका छन् । प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहित तुल्याएको उनले बताए । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको […]

डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

१६ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे । भेटमा डा. यादवले केसीलाई महात्मा गान्धीसँग तुलना गरे । ‘सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको छ’ उनको भनाइ थियो । डा. यादवले […]

निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

२७ भदौ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, […]

पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने

९ असोज, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको भारतमा भएको उपचार* खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । पूर्वराष्ट्रपति डा. यादवको पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको […]

गोविन्द केसीको जीवन रक्षा गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

७ साउन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका गर्न सकारलाई आग्रह गरेका छन् । डा. केसीका मागहरु बार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै पूर्वराष्ट्रपति यादवले नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारकै भएको स्मरणसमेत गराए । सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि […]

पूर्व राष्ट्रपति यादव ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित

२४ कात्तिक, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई ‘जन-आन्दोलन स्वर्ण पटक-२०७४’ बाट अभिनन्दन गरिएको छ । स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दन गरेको हो । जयन्तिको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दनसहित […]

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरणमाथि अपमान ! घरबेटीले निकाले १५ दिने नोटिश

२० कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् । पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले […]

दलहरुले सत्तालाई प्राथमिकता दिँदा राजनीतिक जटिलता बढ्योः पूर्व राष्ट्रपति

१ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले दलहरुले सत्तालाई प्राथमिकता दिँदा राजनीतिक जटिलता बढेको आरोप लगाएका छन् । र राजधानीमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सरकारमा पुग्ने हतारोका कारण केही दलहरुले फास्ट ट्रयाकको नाममा छिटोछिटो संविधान जारी गरेको परिणाम अहिले देशले भोगिरहेको पनि बताए । उनले राजनीतिक परिवर्तन भए पनि मुलुक समृद्धिको दिशामा अघि […]

पूर्वराष्ट्रपति डा.यादव उपचारको लागि आज अमेरिका जाँदै

२ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि आज अमेरिका जाँदै छन् । अमेरिकाको हेनरी फोर्ड अस्पतालमा यादवको आगामी असोज १० मा ट्युमरको शल्यक्रियाका हुने छ । पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर -क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार यादव अमेरिका प्रस्थान गर्ने जनाएको […]

घर भाडा नतिरेपछि पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा

६ असार, काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायार गरेका हुन् ।  विष्टले घर खाली गर्न […]

रामवरणहरूको भेटघाट अलि अनौठै भयो कि ?

अहिले धेरै केही नभनौँ । तर यस संसारमा सबैभन्दा ठूला ठूला भ्रष्टाचार गर्नेहरू लोकतन्त्र र मानवअधिकारका नारा लिएर सत्तामा पुगेकाहरु नै हुन्छन्, हुने गरेका छन् । अनि अहिलेको शुद्ध–अशुद्ध पारदर्शी–अपारदर्शी, कालो–सेतो, विकासे वा जासुसी वा विखण्डनकारी स्वदेशी वा विदेशी धनराशीका खेतीमा सबैभन्दा बढी रमाएका र फस्टाएका त नेपालमा मात्र नभई अरु कैयौँ देशमा पनि मानवअधिकार, […]

रामवरणमाथि खनिए प्रधानमन्त्री ओली, कूको प्रयास गरेको आरोप

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवमाथि सैनिक कु गरेर संविधान जारी हुन नदिने असफल षडयन्त्र गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति डा. यादवले संविधान जारी हुन नदिन प्रयास गरेको आारोप लगाएका हुन् […]

अतिवाद र अन्धराष्ट्रवादले देशलाई जोड्न सक्दैनः पूर्व राष्ट्रपति यादव

९ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पहाड र मधेस मिलेर जानु पर्ने बताएका छन् । कसैलाई होच्याएर काम नचल्ने भन्दै उनले मधेस समस्या समाधान गरेर अघि बढ्नु पर्नेमा जोड दिए । पत्रकार जगत नेपालको पुस्तक ‘पहिलो संसदः वीपी-महेन्द्र टकराव’ बिहीबार विमोचन गर्दै यादवले संविधान जारी गर्ने क्रममा मधेसको समस्या समाधान नभएकोमा आफूलाई पीडा […]