Comments Add Comment

तनहुँ

List Grid
निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

३० जेठ, तनहुँ ।  निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५-२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् । रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । […]

तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु

१५ जेठ, पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने […]

तनहुँका अस्पतालहरुमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

२२ वैशाख, तनहुँ । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट […]

संसदीय प्रणाली जोगाउने दायित्व कांग्रेसको हो : वरिष्ठ नेता पौडेल

२९ चैत, तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताए । कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता […]

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

२५ फागुन, दमौली । तनहुँको शुक्लागण्डकीमा माटोको ढिस्कोले पुरिँदा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । किमलघाटस्थित सेती नदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय […]

श्रीमानलाई बोकेर दौड प्रतियोगिता (फोटो फिचर)

२४ फागुन, काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ । श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र […]

क्याम्पस हिँडेका किशोर दुई दिनदेखि बेपत्ता

२८ माघ, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए। आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु […]

तनहुँमा घुससहित सवइन्जिनियर पक्राउ

२२ पुस, काठमाडौं । तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई […]

तनहुँमा कांग्रेस नेताले भने : सरकारले सुतेको बाघलाई ब्युँझायो !

१८ मंसिर, पोखरा । तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटन गरेपछि नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही […]

तनहुँका नेकपा सांसदको आग्रह : रामचन्द्रजी, विमानस्थल पनि उद्घाटन गरेर फर्किनू !

१८ मंसिर, पोखरा । तनहुँको बुल्दीखोला पुल उद्घाटनसम्बन्धी विवाद देशैभरि चर्चाको विषय बनेको छ । निर्माण सकिएको २ वर्षपछि कसले उद्घाटन गर्ने भन्ने दुई नेताको टकराव र प्रतिष्ठाको लडाईंले व्यास नगरमा ठूलै तरंग आयो । नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकअन्तर्गत बुल्दीखोलामा पुल उद्घाटनको विषय राजनीतिक मुद्दा बन्यो । तनहुँ […]

रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

१८ मंसिर, पोखरा । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल […]

कांग्रेस नेता पौडेल तीन घण्टा प्रहरी नियन्त्रणमा

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट […]

‘ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो, देशैभरि प्रतिवाद हुन्छ’

१७ मंसिर, पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका पौडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोलामा बनेको पुलको पनि उद्घाटन […]

३ घन्टा प्रहरी नियन्त्रणमा बसेपछि रिहा भए रामचन्द्र पौडेल

१७ मंसिर, पोखरा । निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत […]

पक्राउ पर्नुअघि पौडेलले भनेका थिए : यो सीडीओ को हो ? त्यसलाई समातेर छाड्छौं

१७ मंसिर, तनहुँ । तनहुँको व्यास नगरपालिकाको बुल्दी खोलामा बनेको पुल उद्घाटनका लागि जाने क्रममा बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पुलको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी कांग्रेसबीच विवाद भएपछि झडपको सम्भावना देखिएको भन्दै बुधबार स्थानीय प्रशासनले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । […]

माननीय कि मेयर को विवादले अस्पताल शिलान्यास नै रोकियो

१६ मंसिर, पोखरा । सोमबार देशभरका एकसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास गर्ने तयारी थियो । तर ८४ वटा पालिकामा ५ देखि १५ शैय्याका आधारभूत अस्पताल शिलान्यास हुन सकेनन् । यसमध्ये १२ अस्पताल गण्डकी प्रदेशमा पर्छन् । गण्डकी प्रदेशका ३ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा सोमबार अस्पताल शिलान्यास हुन सकेन । पूर्व निर्धारित मितिमा किन […]

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

४ मङ्सिर, दमौली । तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया सुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । घिरिङकोटको डाँडामा दृश्यावलोकन स्तम्भ […]

तनहुँको मानहुँडाँडामा युवक मृत भेटिए

३ मंसिर, चितवन । तनहुँको पर्यटकीय केन्द्रको रूपमा चर्चामा रहेको मानहुँ डाँडामा एक पुरूषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार तनहुँको शुक्लगण्डकी गाउँपालिका -७ का ३५ वर्षका सागर थापा युबक बुधबार बिहान मानहुँडाँडामा मृत भेटिएका हुन् । राति साथीहरुसँग मानहुँडाँडामा बसेका ती युवक विहान मृत भेटिएको प्रहरीको भनाइ छ । […]

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

३ मंसिर, तनहुँ । पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया […]

पूर्वमन्त्री भिम प्रसाद गौतमको निधन

२७ कात्तिक, काठमाडौं । नेपाल सरकारका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिम प्रसाद गौतमको निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ थिए । अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै […]

मानहुँकोटको कथा : तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट

२४ कात्तिक, पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् । डाँडा हो, तनहुँको मानहुँकोट । ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोटमा शनिबार […]