+
+
Shares

तनहुँको चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माण हुने

असोज पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरुको शालिक राख्ने योजना छ रहेको भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:१९

९ भदौ, काठमाडौँ। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण हुने भएको छ ।

सो उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरुको शालिक राख्ने योजना छ रहेको भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यले जानकारी दिए।

आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माण अन्तर्गत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गर्ने तय भएको छ।

राष्ट्रपति पौडेलको उपस्थितिमा सोमबार सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीको छलफलले गरेका थिए ।

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रुपमा रुपमा विकास गर्ने लक्ष्य राखिएको थियो।

त्यसअनुसार भानु साहित्य उद्यान गुरुयोजना निर्माण बनाइको हो । सरकारले सो उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैया विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?