
News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’को ट्रेलर सार्वजनिक भएको छ।
- फिल्मको कथावस्तु सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ।
- फिल्म ३१ असोज (१७ अक्टोबर)मा प्रदर्शन हुने तयारीमा छ।
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’को टिजर सार्वजनिक भएको छ ।
टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे दर्शाउँछ । सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु सगरमाथा आरोहण र त्यहाँको पदयात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।
झण्डै २ मिनेटको टिजर मर्मस्पर्शी र एड्भेन्चर महसुस हुन्छ । सगरमाथा आरोहणको दृश्यसँगै सुरु हुने टिजर सम्बन्ध, धोका, संवेदना, ड्रामा र एक्सन दृश्यले भरिपूर्ण छ ।
फिल्मका कलाकार अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गी टिजरमा प्रस्तुत छन् । भुवन अनमोलका बुवाको रोलमा छन् ।
टिजरको प्रोडक्सन भ्यालु आकर्षक र ‘लार्जर देन लाइफ’ देखिन्छ । ‘ग्लसी’ छायांकनले दृश्यलाई चम्किलो तुल्याएको छ । टिजरको स्टाइलले निर्देशक सुयोग गुरुङले आफ्नो अघिल्लो ‘फर्की फर्की’ भाइब्सलाई फिर्ता गराएको रुपमा बुझ्न सकिन्छ ।
फिल्मको पटकथा हेमराज बीसीको छ । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले फिल्म निर्माण गरेका हुन् । यो फिल्मलाई रोमान्टिक ड्रामा जनरामा राखिएको छ ।
घुमफिरको क्रममा हुने प्रेमकथाको कथावस्तुमा आधारित यो फिल्मको छायांकन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा गरिएको छ । एउटा गीतको हालै भारतको जयपुरमा खिचिएको थियो ।
‘जेरी : अन टप’ तिहार छेकोमा ३१ असोज (१७ अक्टोबर)मा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4