Comments Add Comment

दीपाश्री निरौला

List Grid
दीपाश्री भन्छिन्–‘गसिपले रोमाञ्चित बनाउँछ’

कलाकारका बिषयमा दैनिक कुनै न कुनै गसिप कुनै न कुनै मिडियामा आइरहेको हुन्छ नै । कोही कलाकार गसिपलाई ठूलो रुपमा लिन्छन् र आरोप प्रत्यारोपममा उत्रिन्छन् । कोही कलाकार भने गसिपलाई सामान्य रुपमा नै लिन्छन् । तर, रंगिन दुनियाँमा लागिसकेपछि गसिपलाई सामान्य रुपमा लिएर धेरै कलाकार अगाडि बढेका छन् । किनकी, रंगिन दुनियाँ गसिपमै रमाउँछ । […]

हामी छुच्चो छौं, तितो बोल्छौंः दीपाश्री

निर्देशक दीपाश्री निरौला र उनको टिमलाई छुच्चो भन्नेहरु बढेका छन् । विशेषगरि, कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला चलचित्र क्षेत्रमा देखिएको विकृतीको बिषयमा कडा रुपमा नै प्रस्तुत भैरहेका छन् । कलाकार दीपकराज गिरीले त अनसन नै बस्न सक्ने संकेत दिइसकेका छन् । असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा सहयोगी निर्देशकको रुपमा […]

दीपाश्रीको दाबी–‘पपलुर अवार्ड अरु भन्दा ठूलो’

शुक्रबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को विवाद सकिने छाँटकाँट छैन । यो पुरस्कार कार्यक्रमको व्यवस्थापनदेखि अवार्ड वितरणको बिषयमा अहिले आलोचना भैरहेको छ भने पाउनेहरुले प्रशंसा पनि गरिरहेका छन् । यसैविच, शुक्रबार बेलुकी आयोजित कार्यक्रममा आमा सरस्वती मुभिजलाई २ वटा पुरस्कार प्रदान गरियो । ‘सर्वाधिक कमाउने सिनेमादेखि सिनेमाको प्रवद्र्धन र विस्तारमा सहयोग गरेको भन्दै पुरस्कार प्रदान […]

दीपा र झरना, जसका फिल्मले बक्स अफिस हल्लाइदिए

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिती कमजोर छ । बर्षमा बन्ने सय चलचित्रमा आधा दर्जन महिला निर्देशकको पनि उपस्थिती पनि नहुनु आफैमा दुःखद कुरा हो । सिंगो चलचित्र हाक्ने क्याप्टेन मानिने निर्देशकहरु चलचित्रको सफलता र असफलतामा सबैभन्दा बढी जिम्मेवार हुन्छन् । यसैले, पनि निर्देशकले बोल्ने र देखाउने कुराले समाजमा ठूलो फरक पार्दछ । नेपाली चलचित्रमा […]

गीत ‘आगो’ छ भन्ने सुनेपछि आइटममा दीपा(भिडियोसहित)

३ वटा ब्लकबस्टर चलचित्र दिएकी निर्देशक दीपाश्री निरौला चलचित्र ‘हजार जुनी सम्म’मा आइटम नृत्य गरिरहेकी छिन् । आखिर, किन दीपाश्रीलाई यो उमेरमा आएर आइटम नृत्य गर्नुपरेको होला ? दीपाश्रीले नृत्य गरेको ‘आइटम गीत’को सुटिङ रिपोर्टको भिडियो यहाँ हेर्नुहोस्ः दीपाश्री भन्छिन्–‘यो समयको माग हो । भट्टीको साहुनी हसिली, रसिली, मान्छे पनि कुट्न सक्ने मै मात्र हो […]

दीपाको फेसन

निर्देशक दीपाश्री निरौला फेसनको मामलामा पनि अब्बल छिन् । ४५ बर्षकी यी अविवाहित निर्देशक पहिरन लगाउन र आफूलाई सुन्दर देखाउन सधै नै मिहिनेत गर्छिन् । यसैले त सार्वजनिक कार्यक्रममा उनको फेसन नायिकालाई नै टक्कर दिने खालका हुन्छन् । दीपाश्री नेपाली चलचित्र क्षेत्रकै ब्लकबस्टर चलचित्रकी निर्देशक हुन् । उनले बनाएको चलचित्र ‘छक्का पन्जा’ सय दिनसम्म चल्यो […]

‘छक्का पन्जा ३’ले ५१ दिन मनाउँदा मदनकृष्ण र करिश्माको डान्स(फोटो फिचरसहित)

देशभरका १३ हलमा चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको अवसरमा मंगलबार बेलुकी काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । रेड कार्पेटसहित आयोजित चलचित्रको सक्सेस पार्टीमा चलचित्र क्षेत्रमा निर्माता–निर्देशकको उपस्थिती बाक्लो थियो । चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर शाह, संजोग कोइरालाको साथमा नायिका बर्षा राउत कार्यक्रममा उपस्थित […]

दीपाश्रीलाई प्रश्न–‘छक्का पन्जा’ टिम विना हिट फिल्म दिन सक्नुहुन्छ ?’

नायिका दीपाश्री निरौलाले निर्देशन गरेका ३ वटा चलचित्र ब्लकबस्टर भए । ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ले सर्वाधिक कलेक्शनको रेकर्ड राखेपछि दीपाश्री यतिबेला सबैभन्दा सफल निर्देशकको रुपमा परिचित छिन् । दीपाश्रीले बनाएको यो रेकर्ड तोड्न अन्य निर्देशकलाई लामो समय लाग्नेछ । तर, यसो भन्दै गर्दा दीपाश्रीले के ‘छक्का पन्जा’को ब्रान्ड र यसको […]

अमेरिकामा ‘छक्का पन्जा ३’ले बनायो यस्तो रेकर्ड

नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ । अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रलागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार १ महिना प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको छ । यसअघि ‘छक्का पन्जा, छक्का पन्जा २ र लुट २’ ३ सातापछि नियमित […]

टेलिभिजनमा फर्किए मुन्द्रे, भन्छन्-‘नेपाली मौलिकपन बोकेको शो आउँदैछ’

हाँस्य कलाकार जितु नेपाल टेलिभिजनको दुनियाँमा फर्किएका छन् । जितुले आफैले निर्देशन गरिरहेको ‘जीरे खुर्सानी’ सिरियल अहिले बन्द छ । अब, उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत र्फकन लागेका हुन् । यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शोलाई नेपाली मौलिकपना झल्काउने शैलीमा बनाएको […]

दीपादेखि रेनशासम्म, बक्स अफिसमा शक्तिशाली बन्दै महिला निर्देशक

नेपाली चलचित्रकी पहिलो महिला निर्देशक को हुन् ? हाजिरी जवाफमा धेरै सोधिने प्रश्न हो यो ?  नेपालमा पुरुष निर्देशकको वर्चस्व कायम भएकाले पनि पहिलो महिला निर्देशकप्रति रुची यति धेरै बढेको हो । सुचित्रा श्रेष्ठले पहिलो पटक नेपाली चलचित्र निर्देशन गरेर आफ्नो नाम सधैका लागि पहिलो महिला निर्देशकको रुपमा लेखाएकी छिन् । नेपाली चलचित्रमा महिलाले प्रवेश […]

दीपाश्रीको ब्लकबस्टर ह्याट्रिक

नेपालमा केही नायक र नायिकाको बिषयमा लेखिने एउटा समाचार छ, हिटमा ह्याट्रिक वा फ्लपमा ह्याट्रिक । अर्थात लगातार ३ वटा चलचित्र हिट भएर चर्चित बनेका वा लगातार ३ वटा चलचित्र असफल भएर चर्चित बनेका । जे जसरी भएर पनि चर्चित बनेका कलाकार धेरै छन् । तर, ब्लकबस्टर ह्याट्रिक गर्न भने त्यती सजिलो छैन । औषत, […]

‘छक्का पन्जा ३’को प्रचारले दीपिकालाई छोएन

रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए । राजनीति सकिएपछि चलचित्रको […]

‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् । यस्तै, यी दुइको साथमा पहिलो पटक […]

दिपक र दीपाले गरे दुई दिनमा दुई उद्घाटन

हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको दौडधुप अहिले बढेको छ । विशेषगरि, चलचित्र रिलिजको दिन नजिकिदै गर्दा उनीहरुको दौडधुप बढ्नु स्वभाविक हो । घटस्थापनाबाट उनीहरुले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुँदैछ । यही क्रममा यो जोडीले २ दिनमा २ वटा पसलको उद्घाटन गर्न भ्याएको छ । शुक्रबार यो जोडी काठमाण्डौको मैतिदेवीमा […]

दीपाश्रीपछि कुञ्जना फिल्मको निर्देशक ?

सिरियलमा जमिरहेका कलाकारहरुले चलचित्र ‘६ एकान ६’ बनाउँदा कमैले मात्र पत्याएका थिए । तर, यो सिनेमा हिट भएपछि दिपकराज गिरी, दीपाश्री निरौला लगायतको टिमलाई दर्शक र चलचित्रकर्मीले नै पत्याए । दिपकराज गिरीले ‘तितो सत्य’ छाडेर ‘६ एकान ६’ बनाउँदा निर्देशकको रुपमा दिनेश डीसीलाई रोजेका थिए । यसपछि, ‘वडा नम्बर ६’ बनाउँदा उनले उज्ज्वल घिमिरेलाई रोजे […]

फिल्मको टेन्सनले दुब्लाइन् दीपा

निर्देशक दीपाश्री निरौलाको गेटअप र मेकअप काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा फरक देखियो । दीपाश्रीको तौल केही घटेको थियो भने उनी राम्री देखिएकी थिइन् । दीपाश्रीले आफू ५ केजी घटेको बताइन् । उनले भनिन्-‘म जीम पनि गएकी छैनँ, खानामा पनि त्यस्तो कन्ट्रोल गरेकी छैनँ । तर, पनि दुब्लाएकी छु । चलचित्रको काम र टेन्सनले दुब्लाएको […]

‘छक्का पन्जा ३’को ओभरसिज राइट्स विक्री, युटुबमा के होला ?

दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्स नेपालले महंगो मुल्यमा खरिद गरेको छ । अब, यो चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेछ । तर, यसपटक यसको निर्माणपक्षले युटुबमा चलचित्र भने बेचेको छैन । चलचित्रका निर्माता दिपकराज गिरीले भने-‘हो, यसपटक हामीले युटुबमा चलचित्र बेचेका छैनौ । […]

दीपाको जन्मदिनमा प्रियंकाको यस्तो प्रेम

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले, आज रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा आफ्नो जन्मदिन मनाएकी हुन् । दीपाको जन्मदिनको अवसरमा उनलाई शुभकामना दिनका लागि नायिका प्रियंका कार्की, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल लगायत उपस्थित थिए । काठमाण्डौ बाहिर रहेकाले पनि कलाकार तथा निर्माता दिपकराज गिरी भने वर्थ […]

पुष्पलले किन छाडे ‘छक्का पन्जा ३’ ?, दिपक-दीपाले दिए जवाफ

चलचित्रको छायांकन चलिरहँदा नायक पुष्पल खड्काले ‘छक्का पन्जा ३’ छाडेको खबर सार्वजनिक भएको थियो । पुष्पल चलचित्रको मुहुर्तमा निकै खुशीका साथ उपस्थित भएका थिए । तर, एकाएक उनलाई के भयो र उनले चलचित्र छाडे भन्ने चर्चा चल्यो । यो बिषयमा यसका निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले जवाफ दिएका छन् । दिपकराजले भने-‘उहाँले हामी […]

रेखाको बोलीः ‘कहिले जोकर भन्दै आलोचना, कहिले ‘दिदी’ भन्दै प्रशंसा’

आफूलाई ‘महानायिका’ किन भनिएन भन्दै उपाधि आफै खोजेकी नायिका रेखा थापाको बोली पनि अचम्मको छ । उनी कोसँग कतिबेला सम्बन्ध विगार्छिन् र कोसँग कतिबेला सम्बन्ध सुधार गर्छिन् पत्तो नै हुँदैन । रेखाको मुड जान्न चलचित्रकर्मीलाई नै गाह्रो छ । चलचित्र ‘छक्का पन्जा’ हेर्दा आफूलाई गाह्रो भएको भन्दै नायिका ऋचा शर्माले आलोचना गरेपछि यसकी निर्देशक दीपाश्री […]