
News Summary
Generated by OK AI. Editorially reviewed.- किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलाले मुख्य भूमिका निभाउने फिल्म ‘परी’ को छायांकन शुक्रबार कमलादी गणेश मन्दिरमा सुरु भयो।
- फिल्मको कथा काल्पनिक परिको कथामा आधारित छ र जेठ २८ गतेदेखि दोलखा र तनहुँ आसपासमा छायांकन हुनेछ।
- दीपाश्रीले ‘छक्कापञ्जा’ श्रृंखलाबाहिर पहिलोपटक मुख्य भूमिकामा काम गर्न लागेको बताइन्।
काठमाडौं । किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘परी’ निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको जनाइयो ।
मुर्हुृत कार्यक्रममा रातामकैले स्क्रिप्ट राम्रो लागेर काम गर्न लागेको बताए । ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यत्तिको स्क्रिप्टमा मिहेनत गरेका थिएनौँ । जति डिरेक्टर साप गौतमले गर्नु भएको छ’ उनले भने ।
दीपाश्रीले पनि कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताइन् । उनले ‘छक्कापञ्जा’ श्रृंखलाबाहिर पहिलोपटक काम गर्न लागेकी हुन् ।
‘छक्कापञ्जाबाहेक बीचमा ‘बल्की’ फिल्ममा गेस्ट रोल गरेकी थिएँ । परीमा पनि मेरो महत्वपूर्ण भूमिका छ’ अनलाइनखबरसँग दीपाश्रीले भनिन् ।
फिल्ममा रातामकै र दीपाश्रीसहित दिनेश डीसी, प्रियंक कार्की, दिग्विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलाको अभिनय हुनेछ ।
छायांकन जेठ २८ गतेदेखि दोलखा र तनहुँ आसपासमा हुनेछ । काल्पनिक परिको कथामा फिल्म बन्न लागेको हो । बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको डान्स हुनेछ । फिल्ममा एक्सन रोशन श्रेष्ठ, संगीत दीपक शर्मा र विकास चौधरीको हुनेछ ।
प्रतिक्रिया 4