+
+
Shares

‘रोल नं १’ को मर्मस्पर्शी ट्रेलर : गरिब भएकैले शिक्षाबाट बञ्चित हुनुपर्ने यथार्थ चित्रण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'रोल नं १' को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ जसले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वको संक्षिप्त झलक दिएको छ।
  • ट्रेलरले छोराको रुचि र परिवारको चाहनाबीचको द्वन्द्व र बालमनोविज्ञानलाई प्रस्तुत गरेको छ र रुचिअनुसार शिक्षा हासिल गर्नुपर्ने सन्देश दिएको छ।
  • फिल्म जेठ १५ गतेबाट प्रदर्शनमा आउनेछ र यसमा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी लगायतका कलाकारको मुख्य भूमिका छ।

काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक दिएको छ ।

ट्रेलरमा छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहनालाई केन्द्रीय विषय बनाइएको छ । तर, छोराको रुचि भने पढाइभन्दा अन्यत्र रहेको देखाइएको छ ।

परिवारको चाहना पूरा गर्न छोराले प्रयास गरे पनि रुचि नहुँदा असफल हुने अवस्थामार्फत ट्रेलरले बालमनोविज्ञानलाई प्रस्तुत गरेको छ । रुचिअनुसार शिक्षा हासिल गर्नुपर्छ भन्ने सन्देश पनि ट्रेलरमा देख्न सकिन्छ ।

गरिब भएकै कारण विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुने अवस्था र पहिलो हुनेलाई मात्रै सम्मान गर्ने कथित सामाजिक प्रवृत्तिमाथि पनि व्यंग्य गरिएको छ ।

घोकन्ते शिक्षाले समाजमा पारेको प्रभाव र त्यसकै पछि लाग्ने अभिभावकका कारण बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई बाबु-छोराको सम्बन्धमार्फत मिहिन ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ ।

निर्माणपक्षका अनुसार फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक असर र त्यसले समग्र जीवनमा पार्ने प्रभावलाई फिल्ममा उठाइएको बताइएको छ ।

जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका छ । बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माताका रूपमा छन् । ‘रोल नं १’को कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन् । विनोद पौडेलको निर्माण रहेको यो फिल्म जेठ १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?