Comments Add Comment

निर्यात

List Grid
तेस्रो महिनामै ६५ अर्बको निर्यात, आयातमा पनि वृद्धि

८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो तीन महिनामै ६५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार साउन–असोजसम्म कुल ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै […]

निर्यातमा उत्साहजनक वृद्धि, साउन र भदौमा ४४ अर्बको निर्यात

१० असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ । निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा मात्र २० अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको थियो । यो वर्ष […]

स्वदेशी वस्तु निर्यातमा बढाइएको अनुदानको प्रभावकारितामाथि महालेखाको प्रश्न 

४ भदौ, काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातमा दिंदै आएको पाँच प्रतिशत अनुदानको प्रभावकारितामाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । शुक्रबार ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले निर्यातमा अनुदान प्रदान गर्ने कार्यविधि-२०७५ ले सरकारी ढुकुटीको रकम अनुदानमा वितरण गर्ने प्रवृत्ति बढेको तर लगानीअनुसारको नतिजा नआएको जनाएको छ । कार्यविधिअनुसार नगद अनुदान लिने उद्योगको संख्या […]

नेपालको अन्तर्राष्ट्रिय व्यापार : यस्ता छन् प्रमुख १० आयात-निर्यातका वस्तु

१८ साउन, काठमाडौं । नेपालमा वाषिर्क ३० हजार मेट्रिकटन हाराहारी मात्रै उत्पादन हुने भटमासको तेल नेपालको प्रमुख निर्यातक वस्तु बनेको छ । नेपाली ब्यापारीले ब्राजिल, बंगलादेश र क्यानडा लगायत मुलुकबाट आयात गरेर साफ्टा सुबिधा अन्तर्गत भारतमा निर्यात बढाएपछि स्वदेशमा उत्पादन नभए पनि भटमासको तेल नेपालको एक नम्बर निर्यात वस्तु बनेको हो । आर्थिक वर्ष ०७६/७७ […]

निर्यात वृद्धि : मोटाएको कि सुन्निएको ?

१२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो । तर, निर्यातको मात्र आंकडा हेर्ने हो भने यो वर्ष नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले […]

एक दशकपछि भेटियो लक्ष्य : १ खर्बभन्दा बढीको निर्यात

९ जेठ, काठमाडौं । नेपालको निर्यात व्यापारले १ खर्बको आंकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात  एक खर्बको आंकडाभन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको १० महिना मै पुरा भएको हो । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को १० महिना (साउन-वैशाख)को […]

एक महिनामै १२३ अर्बको वस्तु आयात, निर्यातमा छैन उत्साह

८ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण खुम्चिएको बजार बिस्तारै गति लिने क्रममा रहेको छ । यसको संकेत वैदेशिक व्यापारले समेत गरेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मंसिर)सम्म कुल ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसमा मंसिर महिनामा उच्च आयात भएको देखिएको छ । […]

सीमामा कडाइ गर्दा नेपालको अर्थतन्त्रलाई टेवा

१६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको पहिलो ४ महिनामा २० करोड ७५ लाख रुपैयाँको गहुँ आयात भएको कपिलवस्तुको सुठौली भन्सार कार्यालयबाट चालु आवको यही अवधिमा १ अर्ब ८ करोडको गहुँ आयात भयो । गत आवको पहिलो ४ महिनामा ९ करोड ४८ लाखको धान र १२ करोड २ लाखको चामल आयात भएको सुठौली भन्सारबाट चालु […]

एक वर्षमा झण्डै एक अर्बको बिजुली भारत निर्यात

१४ भदौ, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल  विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको […]

साउनमा आयात घट्यो, निर्यातमा सुधार

९ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ । साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक […]

चिया निकासीमा अवरोध छैन : उद्योग राज्यमन्त्री दुगड

१२ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ । सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अनलाइनखबरलाई बताए । ‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री […]

वैदेशिक व्यापारका अधिकांश सूचकांक ऋणात्मक

१२ जेठ, काठमाडौं । कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा बहुआयामिक क्षेत्रमा देखिँदैछ । त्यसमध्ये एक नेपालको वैदेशिक व्यापारमा पाइएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को १० औं महिनासम्म आइपुग्दा गत आव २०७५/७६ को तुलनामा वैदेशिक व्यापारका सबजसो सूचकांक ऋणात्मक देखिएका छन् । भन्सार विभागका अनुसार चालु आवको १० महिना (साउन-वैशाख)सम्म कुल ११ खर्ब ७ अर्बको […]

भारतले नेपालबाट पाम तेल र चियाकाे आयात किन रोक्यो ?

११ जेठ, काठमाडौं । भारतले नेपालबाट निकासी हुने पाम तेलमा औपचारिक प्रतिबन्ध लगाएको केही समयपछि उस्तै प्रकारको प्रतिबन्ध चियामा पनि लगाएको समाचार बाहिरिएको छ । यसले नेपालका चिया किसान र व्यवसायीहरु पीडित भन्ने अवस्था आएको छ भने कोरोनाले प्रभावित अर्थतन्त्रमा झन समस्या थपिने संकेत गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले वैशाख २९ […]

साउन महिनामा निर्यातको वृद्धिदर उत्साहजनक

१७ भदौ, काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातभन्दा निर्यात व्यापारको वृद्धिदर उच्च देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा आयातको वृद्धिदर गत आव २०७५/७६ को साउन महिनाको तुलनामा खस्किएको छ । चालु आवको साउन महिनामा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान विदेशबाट मुलुकमा भित्रियो । अघिल्लो आवमा १ […]

आवको पहिलो महिनामा आयातभन्दा निर्यात वृद्धिदर बढी

१७ भदौ, काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातभन्दा निर्यात व्यापारको वृद्धिदर उच्च देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा आयातको वृद्धिदर गत आव २०७५/७६ को साउन महिनाको तुलनामा खस्किएको छ । चालु आवको साउन महिनामा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान विदेशबाट मुलुकमा भित्रियो । अघिल्लो आवमा १ […]

पाम आयलको निर्यातमा एकाएक उछाल, ३३ करोडबाट ११ अर्ब

२२ असार, काठमाडौं । नेपालबाट सर्वाधिक विदेश निर्यात हुने वस्तु कुन हो ? यसमा तपाईंको अनुमान नमिल्न सक्छ । यदि चालु आर्थिक वर्षको ११ महिनाको आँकडा हेर्ने हो भने नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु हो पाम आयल अर्थात् ताडीको तेल । रोचकचाहिँ के भने यो वनस्पति तेल नेपालमा उत्पादन भने हुँदैन । अघिल्लो आर्थिक […]

निर्यातमा जोड दिँदै परिषदले मनायो दिवस

२२ पुस, काठमाडौं । ‘नेपाली बस्तुको अन्तर्राष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस मनाइएको छ । दिवसको अवसरमा आइतबार बिहान काठमाडौंको ठमेल बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । देश भित्र र बाहिर पनि नेपाली वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनचेतना जगाउन प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले बताए । कर्मचारी […]

४ महिनामा २० मध्ये आठ भन्सारबाट निर्यात शून्य

१८ मंसिर, काठमाडौं । चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन […]