Comments Add Comment

रामबहादुर थापा 'बादल'

List Grid
राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले […]

बादल बने एमालेको उम्मेदवार, हेलिकप्टर चढेर पुगे हेटौंडा

२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार […]

बालुवाटारमा बादलको अडान : नजित्ने चुनाव नलड्ने !

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी […]

दोस्रो पटक शपथ लिएर मन्त्रालय पुग्दा बादललाई स्वागत

५ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई मन्त्रालयका वरिष्ठ अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका छन् । आइतबार पदभार ग्रहण गरेलगत्तै गृह मन्त्रालय पुगेका उनलाई फूलमाला र खादा लगाइदिएर स्वागत गरिएको हो । उनको स्वागतका लागि गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी […]

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं […]

माओवादी मन्त्रीहरुले बुझे पार्टीले फिर्ता बोलाएको पत्र

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरुलाई फिर्ता हुन निर्देशन दिई पठाएको पत्र मन्त्रीहरुले बुझेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरुको कार्यकक्षमा पुगेका थिए । ती नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुझे । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य […]

माओवादी केन्द्रको बैठकमा बादलसहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव

१ चैत, काठमाडौं । आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा […]

बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ?

२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।  माओवादी केन्द्रबाट आएका बादलसहित २२ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनति भएका छन् । बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सावकिको नेकपा दुई खेमामा विभाजित हुँदा ओली समूहले […]

वार्ताको परिणाम सुखद आउनेछ : गृहमन्त्री थापा

१९ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति […]

गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

१६ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर प्रचण्ड–माधव समूहलाई सघाएको आरोप तामाङमाथि लगाइएको छ । तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको उनको सचिवालयले जनाएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो […]

निर्मला प्रकरणका दोषी कानुनको पञ्जा नजिक आइसके : गृहमन्त्री बादल

७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने बताएका छन् । भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि प्रधानमन्त्रीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भनेको र त्यसलाई आफूहरुले पुरा गरेको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा गृहमन्त्री बादलले […]

कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं : गृहमन्त्री   

३० माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी […]

गृहमन्त्री थापा भन्छन्– भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ

२७ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताए । आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को […]

संसद विघटन साहसिक कदम : बादल

१८ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए । ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय […]

बादलको साथ छोड्नेहरु भन्छन् : मन्त्री बनेपछि उहाँमा वैचारिक स्खलन देखियो

९ पुस, पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजित भई बेग्ला–बेग्लै कार्यक्रम भइरहँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने तटस्थ थिए । तर उनले बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीकै समूहलाई साथ दिए । त्योभन्दा अगाडि गृहमन्त्री थापासँग उनका समूहले पटक पटक छलफल गरेका थिए । ६ गतेयता थापा समूहको पटक पटक छलफल भएको थियो […]

बादल समूहमा विद्रोह, ‘उहाँले प्रतिगमनलाई साथ दिनुभयो’

९ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनमा तटस्थ रहँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेपछि उनी निकट नेताले बादलले बाटो बिराएको प्रतिक्रिया दिएका छन् । पार्टी बिभाजनमा तटस्थ रहँदै आएका बादल बिहीबार ओली पक्षले आयोजना गरेको केन्द्रीय कमिटीमा सहभागी भएका छन् । ओली गुटमा लागेपछि उनी निकट नेताहरुले […]

प्रचण्डको स्वीकारोक्ति : बादललाई ल्याउन सकिएन

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकिएको स्वीकार गरेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा उनले आजको बैठकमा आउने अपेक्षा गरे पनि ल्याउन नसकिएको बैठकमा जानकारी गराएका हुन् । ‘बामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, आउनु भएन । बामदेव […]

ओली समूहको बैठकमा बादल सहभागी

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका छन् । यसअघि नै […]

ओली समूहको बैठकमा गए बादल

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका छन् । यसअघि नै […]

गृहमन्त्री बादल ओलीतिर नजिकिए, वामदेव अलमलमा

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नजिकिएका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको आ-आफ्नो केन्द्रीय कमिटी बैठकमा बादल गएका थिएनन् । तर उनले बुधबार बिहान प्रधानमन्त्री ओलीसँग […]

गृहमन्त्री थापाले भेटे प्रधानमन्त्री ओलीलाई

८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् । बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै […]