+
+

बादलको ब्रिफिङ : प्रचण्ड र माधव प्रधानमन्त्री बन्न चाहन्थे, विचारमा फरक मत थिएन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते २१:००

२४ माघ, अछम । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन नेकपाको एकता नटिक्नुमा नेताहरुको पदीय स्वार्थ कारण रहेको बताएका छन् ।

अछाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री हुने चाहना राखेकाले नेकपाको एकताबाट पछि हटेको बताए । तर आफूले भने अहिलेको एमाले नेकपाकै निरन्तरता मानेर बसेको उनले बताए ।

‘प्रचण्ड यो पाटीबाट हटे, फेरि माओवादी केन्द्रतिर फर्किए । माधव नेपालजी नेकपाबाट फुट्नुभयो र नेकपा एस बनाउनुभयो । वामेदवजी फुट्नुभो, र एकता अभियान बनाउनुभयो । उहाँहरुमा अस्थिरता देखा पर्‍यो’ बादलले भने, ‘ममा त्यो लागू हुँदैन। वास्तवमा नेकपा एमाले भनेको नेकपा नै हो ।’

त्यसैले एमालेमा आएको भनेर आफूलाई नभन्न उनले आग्रह गरे । ‘त्यसकारण एउटा निरन्तरतामा छु, फुटेर आएको होइन । प्रचण्ड फुटे किनकी प्रधानमन्त्री हुन चाहन्थे, अध्यक्ष हुन चाहन्थे नेकपाको एक्लौटी । माधव नेपाल प्रधानमन्त्री हुन चाहन्थे, मलाई प्रधानमन्त्री चाहिँयो वा पार्टी अध्यक्ष भन्ने थियो उहाँको माग’ बादलले भने, ‘उहाँहरुले लाइनमा, विचारमा फरक मत राख्नुभएको थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?