बलिउडकी अविवाहित नायिका प्रियंका चोपडाले आफूले मनपराउने यूवक सिने नगरीको भएपनि नभएपनि खासै फरक नपर्ने बताएकी छिन् । ‘उ नायक भएपनि हुन्छ, नभएपनि हुन्छ, तर निक्कै जेहेन्दार हुनुपर्छ’, प्रियंकाले संचारमाध्यमसँग भनिन् ।
तर उनीसँग केटाको विशेषताले भरिएको सूची भने लामो नै छ । ‘उसले मलाई सम्मान गर्नुपर्छ, म चाहन्छु उ निक्कै हाँसीमजाक गर्ने होस् तर तल गिरेर भने होइन’, चोपडाले भनिन् ।
उनको रोजाइको केटाले जीवनमा केही न केही प्राप्त गरेको हुनुपर्नेछ । उनले भनिन्, ‘म जीवनमा उसलाई कहिले पनि सम्मान गर्दिन जोसँग केही पनि कुराको प्राप्ती छैन ।’ ३१ बर्षको जवानीमा दौडदै गरेकी पूर्व मिस वल्र्ड प्रियंकाले रोजेको जस्तो केटा फेला पार्छिन या पार्दिनन् त्यो भने हेर्न बाँकी नै छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4