निर्माता छविराज ओझाको अनुहारमा जति खुशी थियो त्यती नै छटपटी पनि । ‘लोफर’ सिनेमाले व्यापारिक रुपमा घाटा ख्वाएकाले पनि ‘लज्जा’ उनका लागि चल्नै पर्ने थियो । यही कारण पनि उनी नवल नेपाल निर्देशित यो सिनेमामा नयाँ नयाँ प्रयोग गर्दैछन् ।
काठमाण्डौको बालाजु स्टूडियोमा थोत्रा गाडीलाई चिटिक्क पारेर सजाइएको थियो । छवि तिनै थोत्रा गाडी हेरेर दंग थिए । चेतन सापकोटाले संगीत भरेको ‘मात लाग्यो मात लाग्यो’ बोलको गीतका लागि छविको पैसा र प्राविधिकहरुको मिहिनेत खर्चिएको हो ।
नायक आर्यन सिग्देललाई अर्को छटपटी थियो । ‘लज्जा’ले आफ्नो केही पछि परेको करिअरलाई उठाउने आशा उनमा थियो । यसैले पनि उनका एक प्रकारको लगाव थियो ।
यसै सिनेमाबाट डेब्यू गर्न लागेकी नायिका शिल्पा पोख्रेल पनि छविका केही फुर्काउने शब्दले मख्ख थिइन् । ‘सिनेमामा आर्यनको भन्दा पनि दमदार भूमिका शिल्पाको छ’, छविले फुर्काउँदै भने ।
यो दृश्य हेर्दा पनि निर्माता र नायिकाको केमेष्ट्री राम्रैसँग जमेको वुझ्न गाह्रो परेन । चलचित्रको छायांकन अब केही दिनमा नै सकिनेछ । चलचित्रको यो गीतलाई कविराज गहतराजले मिहिनेतका साथ कोरियोग्राफी गरिरहेका थिए ।
शिल्पाको मातले आर्यनलाई कसरी छुने हो त्यो गीत सार्वजनिक भएपछि मात्र थाहा हुनेछ । तर पनि गीतको कोरियोग्राफी र आकर्षक सेटले आर्यन र शिल्पाको यो जोडीलाई दर्शकमाझ राम्रैसँग चिनाउने आशा गरिएको छ ।
तस्बिर : अजय महर्जन






प्रतिक्रिया 4