Comments Add Comment

साउदीमा गाडीले किचेर एक नेपालीको मुत्यु

२७ भदौ, साउदी । बैदेशिक रोजगारीको शिलसिलामा विगत पांच महिना अघि साउदी अरबको ताबुक आएका धनकुटा दानाबारी ९ का २२ वर्षीय जोगमान तामांग लोप्चनको संगै काम गर्ने बंगाली साथीले चलाएको गाडीले किचेर मुत्यु भएको छ ।

उनी ताबुकस्थित अल मसार कम्पनीमा कार्यरत थिए । विगत पाँच महिना अघि उनी काठमाडौं त्रिपुरेश्वरस्थित वल्र्ड वाइड इमप्लोइमेन्ट मार्फत यहाँ आइपुगेका थिए ।

संगै काम गर्ने साथीहरुका अनुसार सधै झैँ कामको समयमा ग्राहकले धुन छोडेको गाडी उनि संगै काम गर्ने बंगाली साथीले चलाएर धुने स्थानमा लाने क्रममा उनि किचिएका हुन् ।

लाइसेन्स बिना गाडी चलाउने बंगाली हाल प्रहरी हिरासतमा रहेका छन् । विगत १ बर्ष अघि मात्र उनि बिबाह बन्धनमा बधिएका थिए ।
उनका मालिक फैसल हुएतिले पनि आफ्नो होनहार कामदार गुमाउनु परेकोमा दुख ब्यक्त गर्दै छिट्टो उनको शव नेपाल पठाउने र बिमा बापत मृतकका परिवारले पाउने क्षतिपूर्ति दिन आतुर रहेको बताएका छन् ।

हाल उनको शव किङग खालिद हस्पिटलमा राखिएको छ । शव नेपाल फर्काउन पहल भइरहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

राममणि अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment