Comments Add Comment

मेस्सीले भने-हामी फर्वाडहरू असफल भयौं

Messi

स्टार स्ट्राइकर लिओनल मेस्सीले जर्मनीविरुद्धको फाइनलमा अर्जेन्टिना फर्वाडहरु असफल भएको स्वीकार गरेका छन् । सोमबार विहान भएको विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १-० गोलले अन्तरले पराजित भएको थियो ।

अर्जेन्टिनी कप्तान मेस्सीले भनेका छन्-‘उनीहरुसँग बल पोजिसन थियो । हामीले मौका पाएका थियो । तर, हाम्रो फन्टलाइन त्यसलाई गोलमा परिणत गर्न असफल भयौं । हामीले तीन मौका पाएका थियौं । एउटामा म असफल भएँ । अर्को हिगुइन र अर्को एक रोडि्रगो प्लासिओ ।’

मेस्सीले विश्वकपको उपाधि जित्न भाग्यले पनि साथ नदिएको बताएका छन् । ‘हामी अर्जेन्टिनाका मानिसहरुका लागि विश्वकप जित्न चाहन्थ्यौं । तर सकेनौं’ मेस्सीले भनेका छन्-‘हामीले कोसिस गरौं तर, अन्य खेलहरुमा जस्तो हाम्रो भाग्य रहनेछ ।’ उपाधि जित्न नसकेपछि क्वाटरफाइनल पार गर्न नसकेको लामो समयपछि फाइनलसम्म पुग्न सफल भएको बताए । उनले भनेका छन्-‘उपाधि जित्न नसकेपछि हामी निकै निराश भएर फकिँदैछौं । यसले हामीलाई निकै निराश र आक्रोसित बनाउको छ । तर, हामीलाई थाहा छ कि भविश्वबारे सोच्नुपर्छ ।’

मेस्सी विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए र उनले गोल्डेन बल पाएका छन् । तर, उनले भनेका छन्-सत्य भन्ने हो भने यो अस्वथामा मलाई यसप्रति चासो छैन ।’ गोल्डेन बल लिँदा उनी उत्साहित थिएनन् ।

विश्वकप फुटबलको समूह चरणमा चार गोल गरेका मेस्सीले नकआउट चरणमा भने गोल गर्न सकेनन् । तर, अर्जेन्टिनाले फाइनलसम्मको यात्र तय गर्दा कप्तान मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment