Comments Add Comment

बुधबारका छापामा मुख्य खबरहरु

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एक महिनाको उपचार पछि प्रधानमन्त्री स्वदेश फर्किएको, प्रधानमन्त्रीले क्यान्सर जितेर आएको अब मुलुकको समस्या जित्छु भनेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्टले सरकारले बिनाटेन्डर अबौंका हतियार किन्ने निर्णय गरेको, रातो किताब नहुँदा बजेट प्रभावित भएको, काबुल आक्रमणमा दुई नेपाली मारिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले निगमको पेट्रोलियममा पानी मिसिएको, मिसावटले मेसिनरी बिगारेको भन्दै १८ करोड क्षतिपूर्ति माग गरिएको, प्रधानमन्त्रीले पूर्ण स्वस्थ भएर फर्के भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले तोकिएकै मितिमा संविधान बन्नेमा ढुक्क हुन प्रधानमन्त्रीले आग्रह गरेको, उपचारका लागि सिंगापुर जानुअघि एमाले अध्यक्ष केपी ओलीले सत्ता परिवर्तनको नीति छैन तर सहमति कार्यान्वयन हुनै पर्छ भनेको, एमाओवादी पनि सर्वपक्षीय सभाकै पक्षमा रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नेपाल समाचारपत्रले दण्ड जरिवाना नतिर्नेलाई राज्यले सुविधा नदिने, कोइराला आएर ओली उपचार गर्न गएको, बैंक लुट्न बाँदर प्रयोग गरिएको, पूर्वराजा तीन महिना नागार्जुनमा बस्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले एकै वर्षमा त्रिविका सवा लाख विद्यार्थी गायब भएको, आयल निगमले मन्त्रीलाई अमेरिका पठाउन लागेको, धेरै गहना लगाउनेलाई सवा करोड जरिवाना गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-naya-patrka

2-samachar-patra

3-annpurna

4-nagarik

5-rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment