Comments Add Comment

शान्ति सेनाको तलब मासिक ३१ हजार बढ्ने

८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली शान्ति सैनिक तथा प्रहरीको पारिश्रमिक ३ सय २२ डलर करिब ३१ हजार रुपैयाँ बढ्ने भएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषदले शान्ति मिसनमा तैनाथ नेपालसहित १ सय २२ राष्ट्रका सेना तथा प्रहरीको मासिक पारिश्रमिक बढाउन गृहकार्य थालेको कारोबार दैनिकमा खबर छ । राष्ट्रसंघबाट केही दिनमै यसको औपचारिक जानकारी आउने नेपाली सेनाले जनाएको छ ।
पारिश्रमिक बढे नेपालबाट खटिएका ४ हजार ७ सय ४० सेना तथा प्रहरी लाभान्वित हुनेछन् । राष्ट्रसंघले सन् १९९५ देखि शान्ति मिसनमा सहभागी फौजको पारिश्रमिक बढाएको छैन् । उसले हातहतियार, गोलीगठ्ठा, बख्तरबन्दलगायत सुरक्षा व्यवस्था र रासनलगायत ‘लजिस्टिक’ तर्फको खर्च भने प्रत्येक ३/३ वर्षमा समायोज गर्दै आएको छ ।
मिसनमा सहभागी एक सुरक्षाकर्मीको पारिश्रमिक मासिक ३ सय २२ डलर बढ्दा महिनामा १५ लाख २६ हजार २ सय ८० डलर र वाषिर्क १ करोड ८३ लाख १५ हजार ३ सय ६० डलरभन्दा बढी हुन्छ । अहिले मिसनबाट महिनामा करिब ५० लाख डलर नेपाल भित्रिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment