Comments Add Comment

कसैले गरेनन् आजीबन बीमा

पुष्प दुलाल
१२ साउन काठमाडौं । आजीबन बीमाप्रति सर्वसाधारण आकषिर्त नहुँदा नेपाली बीमा कम्पनीहरुले एउटा पनि आजीबन बीमा पोलीसी बिक्री गर्न सकेका छैनन ।
insurenceबीमा गर्ने व्यक्तिको मृत्युपछि मात्रै निजका हकवालाले भुक्तानी पाउने भएकाले आजीबन बीमा योजनाले सर्वसाधारणलाई आकषिर्त गर्न नसकेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले अनलाईनखबरलाई बताए ।
‘आजीबन बीमाको विषयमा बीमा समितिमा आजसम्म कुनै रेकर्ड छैन’ कार्कीले भने -यो संसारबाट हराउँदै गएको पोलीसी हो । यो पोलीसीसम्बन्धी पर्याप्त जनचेतना नहुनु र अन्य बीमा पोलीसीजस्तो यो पोलीसीबाट फाइदा पनि नहुने भएकाले आजीबन बीमाप्रति सर्वसाधारण आकषिर्त हुन नसकेको उनको भनाई छ ।
नेपालको इतिहासमै आजीबन बीमा एक जनाले मात्रै गराएका थिए । वि.सं. २०२९ सालमा राष्ट्रिय बीमा संस्थानले एक व्यक्तिको आजबीन बीमा गराएका थियो । तर, ती व्यक्तिले उक्त पोलीसीको नविकरण भने गरेनन । तत्कालीन अवस्थामा सबैभन्दा महंगो १५ हजार रुपैयाँमा ती व्यक्तिले आजीबन बीमा पोलीसी खरिद गरेका थिए । त्यसपछि अहिलेसम्म कसैले आजीबन बीमा नगराएको संस्थानका अधिकारीहरु बताउँछन् ।
त्यसो त बीमा कम्पनीहरुले २५/३० वर्षे जीबन बीमा पोलीसी सञ्चालनमा ल्याएका छन् । ती पोलीसीहरुले आजीबन बीमा पोलीसीलाई पूर्णरुपमा विस्थापित गरेको हो ।
अमेरिका, बेलायतलगायतका पश्चिमा मुलुकका धनाड्य वर्गमा भने आजीबन बीमोृका आकर्षण अझै पनि छ । एसियामा नै आवीबन बीमा गर्नेहरुको संख्या धेरै कम छ । छिमेकी राष्ट्र भारतमा यस्तो बीमा गर्नेहरुलाई औँलामा गन्न सकिने बीमा सम्बन्धी जानकारहरु बताउँछन् ।
जीबन बीमाको इतिहास हेर्दै जाने हो भने सन १५५३ मा बेलायती नागरिक रिचार्ड मार्टिनको नेतृत्वमा ‘विलियम गिवर्न’ नाममा संस्थाले सर्बप्रथम जीबन बीमा सुरु गरेको हो । नेपालमा भने २०२७ सालमा बीमा संस्थानको गठनपछि बीमाको सुरुवात भएको हो । हाल नेपालमा ८ बीमा कम्पनीले जीबन बीमाको कारोबार गर्दै आएका छन् भने ६ प्रतिशत नेपाली बीमाको पहुँचभित्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment