Comments Add Comment

कालिसले अन्तराष्ट्रिय क्रिकेटबाट विदा लिए

Jacques-Kallis

१४ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर ज्याक कालिसले सबैखाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

गत डिसेम्बरमा टेष्टबाट विदा लिएका ३८ वर्षीय कालिसले आफ्नो एकलिवसीय करियर अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले भने-‘मैले श्रीलंकामा महसुस गरेँ कि विश्वकप खेल्ने मेरो सपना धेरै टाढा छ ।’

 उनले करियरमा १ सय ६६ टेष्ट खेले । जसमा ४५ शतक र ५८ अर्धशतकसहित १३ हजार २८९ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा ३२८ खेल खेलेका उनले ११ हजार ५७९ रन बनाएका छन्, जसमा १७ शतक र ८६ अर्धशतक पनि छ ।

एकदिवसीय र टेष्ट दुबैमा १० हजार बढी रन बनाउने उनी एक मात्र दक्षिण अफ्रिकी क्रिकेटर हुन् । यस्तै उनले २५ ट्वान्टी-२० मा उनले पाँच अर्धशतकसहित ६६६ रन बनाएका छन् ।

कालिसले क्लब क्रिकेट भने खेल्ने भएका छन् । उनको अष्ट्रेलियन क्लब सिड्नी थन्डर्ससँग सम्झौता अझै दुई बर्ष बाँकी छ । उनले सम्भव भए आईपीएलमा कोलकत्ता नाइट राइडर्सका लागि पनि खेल्ने उनको इच्छा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment