Comments Add Comment

रिलायवलको कारोबार सुरु, ब्राइटको नाफा बढ्यो

Reliable development bank

१६ साउन काठमाडौं । तीनवटा संस्था एकआपसमा गाभिएर बनेको ‘रिलायवल डेभलपमेन्ट बैंक’ ले शुक्रबारदेखि कारोबार सुरु गरेको छ । नयाँ बैंकको कारोबारको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले गरे ।

रिलायवल फाइनन्स, शुभलक्ष्मी फाइनान्स र नेपाल कञ्जुमर डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको हो ।  मर्जपछि बैंकको चुक्ता पुँजी ६८ करोड २७ लाख रुपैयाँ भएको छ । राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकका लागि ६४ करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

मर्जपश्चात संस्थाको कूल निक्षेप ४ अर्ब ६२ करोड र कर्जा लगानी ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने शाखा संख्या १६ वटा पुगेका छन् ।

बैंकले रिलायवल रेमिट सञ्चालनमा ल्याएको छ । रेमिटका देशभर करिब २६ सय एजेन्ट छन् भने लमजुङको बेंशीसहरमा रिलायवल माइक्रो फाइनान्स सञ्चालन गरेको छ ।

ब्राइट डेभलपमेन्टको नाफा १ करोढ ९१ लाख

यसैवीच काभ्रेको पनौतीमा प्रधान कार्यालय रहेको क्षेत्रीयस्तरको ब्राइट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७०/०७१ मा एक करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।

Reliable development bank 3

पछिल्लो वर्ष बैंकले ४ करोड १९ लाख रुपैयाँ फिर्ता (राइट व्याक) गरेको छ । अघिल्लो वर्ष १ करोड ७५ लाख रुपैयाँ मात्रै राइट ब्याक गरेको थियो । त्यसैगरी गत वर्ष बैंकले ३ करोड ९ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्ममा बैंकले ६० करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३९ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको चुक्ता पुँजी १४ करोड रुपैयाँ र रिजर्भ ४ करोड ७५ लाख रुपैयाँ रहेको शुक्रबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

Reliable development bank 1

बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९४ पैसा छ भने प्रतिसेयर मुल्य आम्दानी अनुपात (पीइ रेसियो ) १०.१० प्रतिशत रहेको छ । अघिललो वर्ष कूल कर्जाको १.३२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष करिब एक प्रतिशतले बढेर २.२३ प्रतिशत पुगेको छ । यो बैंकले त्रिवेणी विकास बैंक र पब्लिक डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सैद्धान्तिक सहमति (एमओयू) गरिसकेको छ ।

ओम फाइनान्सले कमायो १४ करोड १६ लाख

त्यस्तै पोखरामा प्रधान कार्यालय रहेको ओम फाइनान्सले आर्थिक वर्ष ०७०/०७१ म्ा १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आव ०६९/०७०को तुलनामा गत आवको नाफा २८ प्रतिशतले बढी हो ।
महाप्रबन्धक वुद्धि मल्लका अनुसार सो अवधिमा फाइनान्सले ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष निक्षेप २० प्रतिशतले र कर्जा ६ प्रतिशतले बढी हो ।
त्यसैगरी  अवधिमा फाइनान्सको खराव कर्जा १.५५ प्रतिशत रहेको छ भने पुँजी पर्याप्तता अनुपात १३.१२ प्रतिशत प्रतिसेयर आम्दानी २८ प्रतिशत रहेको मल्लले जानकारी दिए ।
फाइनान्सले स्थानीय कामना विकास बैंकसँग मर्जरमा जानका लागि सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा आवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment