Comments Add Comment

बुधबारका छापामा मुख्य खबरहरु

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बाढीपीडितहरुले अझै राहत नपाएको, भ्रष्टाचार मुद्दामा बेग्लाबेग्लै मापदण्ड बनेको, दलहरुबीच संविधान निर्माणमा लेनदेन प्रस्ताव सुरु भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
राजधानी दैनिकले ५/७ प्रदेशमा अडिए संविधान नबन्ने एमाओवादी अध्यक्ष प्रचण्डले बताएको, बाढीका कारण सुत्दा सबै भएपनि उठ्दा केही बाँकी नरहेको पीडासहितको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले प्रचण्डले सम्झौतामा संविधान बन्ने सम्भावना रहेको बताएको, प्रहरी नियमावली सुटुक्क संशोधन गरिएको, इन्स्पेक्टर र असई घुस लिँदालिँदै पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले सारीले बाँधेकी छोरीलाई बाढीले काखैबाट बगाएको पीडासहितको खबर, न्यायाधीश नियुक्ति प्रक्रियामा ११ सदस्यीय आयोग भए स्वतन्त्र न्यायपालिका नरहने शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

2-nayapatrika

3-rajdhani

4-nagarik

6-gorkhapatra

1-annpurna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment