Comments Add Comment

यसपालीको दसैं १३ दिन मात्र

Dashain-tika
१६ भदौ, काठमाडौं । यस वर्षको दसैं १३ दिन मात्र हुने भएको छ । तिथिमा आएको घटबढले र दशमी तिथि टुटेकाले यसवर्षको दसैं १३ दिन मात्र हुने भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यसअघि अघिल्ला वर्षहरुमा १५ दिनको दसैं हुने गरेको थियो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइने दसैंमा यसपालि दशमी तिथि टुटेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिएको राजधानी दैनिकमा खबर छ ।

‘यस वर्ष दसैंमा विजया दशमीको तिथि टुटेको छ,’ गौतमले भने, ‘दशमीको तिथि नभएकाले शास्त्रीय मान्यताअनुसार त्यही दिन विजया दशमीको टीका लगाउनुपर्ने भएको छ ।’

९ असोजमा घटस्थापना गरी सुरु हुने दसैंमा १५ गते फूलपाति र १६ असोजमा महाअष्टमी परेको छ । ‘फूलपातिको दिनदेखि नै तिथिमा घटबढ भएको दसैंमा अष्टमी, नवमी र दशमीमा पनि तिथिको घटबढ छ,’ उनले भने, ‘अष्टमीका दिन बिहान ८ बजेसम्म मात्र तिथि रहने छ भने नवमीका दिन बिहान ६ बजेर २५ मिनेटसम्म मात्र तिथि छ ।’ १७ असोजमा नवमी तिथि बिहान करिब साढे ६ बजेसकिएपछि दशमी तिथि लाग्छ, तर भोलिपल्ट एकादशी तिथि भएकाले विजयादशमी त्यही दिन मनाउने निर्णय भएको समितिका अध्यक्ष गौतमले बताए ।

पञ्चांग निर्णायक समितिका अनुसार अष्टमी र नवमीका बीच रातमा गरिने कालरात्री १६ असोजको रातिमा गरिने भएको छ । ‘धेरै छलफलल गरेर हामीले यस वर्षको दसैंको निर्णय गरेका हौं,’ गौतमले भने, ‘१६ गते अस्टमी र १७ गते नवमी थोरै समय मात्र भएकाले कालरात्री १६ गतेको राति गर्ने भनेका छौं ।’ कोजाग्रत पूणिर्मापछि सकिने दसैं यसपाली चर्तुदशीकै तिथिमा सकिँदै छ । ‘पूणिर्माको व्रत सायाङकालमा गरिने भएकाले २१ असोजकै दिन दसैं सकिने भएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment