Comments Add Comment

सेमेस्टर लागू भएपछि एक लाख विद्यार्थी घटे

tu१४ असोज, काठमाडौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय तथा आंगिक क्याम्पसमा गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या हृवात्तै घटेको छ ।

त्रिवि केन्द्रीय विभागहरुमा सेमेस्टर प्रणाली लागू भएको र आंगिक क्याम्पसहरुमा ‘फर्जी’ भर्ना नभएका कारण विद्यार्थी संख्या घटेको राजधानी दैनिकमा खबर छ ।

त्रिवि योजना महाशाखाको तथ्याङ्क अनुसार गतवर्षको तुलनामा यसवर्ष क्याम्पसमा भर्ना हुने विद्यार्थी संख्या स्वात्तै घटेको छ । एकै वर्षमा १ लाख २५ हजार विद्यार्थी घटेको त्रिवि तथ्याङकमा उल्लेख छ ।

०६९/०७० मा २ लाख ७३ हजार ३ सय ४९ विद्यार्थी रहेकोमा ०७०/०७१मा घटेर एक लाख ४८ हजार १ सय ४१ मात्र भर्ना भएका छन् । गत वर्ष विद्यार्थी स्ववियु निर्वाचन प्रयोजनका लागि भर्ना भएका थिए ।

केन्द्रीय विभागमा सेमेस्टर प्रणाली लागू गरेकोले पनि केही विद्यार्थी घटेको देखिएको छ । सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थी नियमित क्याम्पस आउनुपर्ने र नियमअनुसार परीक्षामा समावेश हुनुपर्ने भएकाले संख्या घटेको त्रिवि शिक्षाध्यक्ष गुणनिधि न्यौपाने बताउँछन् ।

अघिल्लो वर्ष स्ववियु निर्वाचन घोषणा भएपछि धेरै भर्ना भएको र स्ववियु निर्वाचन नहुने भएपछि अर्को वर्ष हृवात्तै घटेको हुन सक्ने उनको तर्क छ । त्रिविले दातृ निकायको दबाबमा सेमेस्टर प्रणाली लागू गरेको हो ।

स्ववियु निर्वाचन प्रयोजनको लागि मात्र स्नातक तहको शिक्षा, मानविकी र ब्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थीको संख्या बढी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment