Comments Add Comment

त्रिविका विद्यार्थी, शिक्षक र कर्मचारीले देशभर उपचार सुविधा पाउने

tu१५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र कर्मचारीले स्वास्थ्य सेवा सहज रुपमा पाउने भएका छन् ।

उनीहरुलाई जिल्ला-जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा त्रिवि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सम्झौता भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जन र स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सम्झौतापत्रमा केही समयअघि हस्ताक्षर गरेका हुन् । उपकुलपति महर्जनले औषधिबाहेक अरु सबै स्वास्थ्य सेवा निःशुल्क हुने बताएको नयाँ पत्रिकाखबर छ ।

‘त्रिवि र स्वास्थ्य मन्त्रालयबीच सम्झौता भयो, अब सबैको तथ्यांक संकलन गछौं,’ महर्जनले भने । त्रिविले अव सबै अस्पताल तथा मेडिकल कलेजहरुसँग अर्को सम्झौता गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment