Comments Add Comment

मोटर किन्ने पैसा लिलामी सूचनामै सकियो

५ कात्तिक, काठमाडौ । मुख्य सचिव लीलामणि पौडेलले पुराना र थोत्र मोटरको ब्यवस्थापन खर्चिलो बन्दै गएको बताएका छन् । सरकारी मोटर किन्ने पैसा पुराना सवारी ब्वस्थापनमै गुनासो उनको छ ।
‘तीन पटक लिलाम विक्रीको सूचना निकाल्दा मोटर किन्ने पैसा नै सकिन्छ,’ मंगलवार ब्यवस्थापिका संसदअन्तर्गतको अर्थ समितिमा सभासद्हरुलाई उत्तर दिंदै पौडेलले भने, ”सिंहदरबारमा बेवारिसे मोटरको संख्या पनि बढ्दै गएको छ, मालिक पनि पत्ता लाग्न नसकेकाले ब्यवस्थापन जटिल बनेको छ । तर, सिंहदबार भित्रका पुराना र थोत्रा मोटर एक वर्षभित्र र देशभरिका सवै सरकारी कार्यालयबाट २ वर्षभित्र हटाइसक्छौं ।”
सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले सरकारी मोटर हराएको र बेचिएको तथ्याङ्क सरकारसँगै नभएको बताए, कारोबार दैनिकमा खबर छ । ‘सरकारी मोटर पाएका कतिपय उच्च अधिकारीले बेच्ने गरेका छन्, उनले सुनाए, ‘कतिपयले भाडामा लगाएर आम्दानी खाँदासमेत सरकारले केही गर्न सकेन ।’
केही उच्च पदस्थले मोटर भाडामा दिएर र बेचेर आयोजनाका मोटर चढ्ने गरेको काकीले बताए । तर, क-कसले सवारी बेचेर खाए, भाडामा लगाए भन्ने जानकारी भने उनले दिन चाहेनन् । सभासद्हरुले भने सरकारी सवारी साधन हराउने र दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्न माग गरेका छन् ।
सरकारी कार्यालयहरुमा रहेका पुराना सवारी साधनको ब्यवस्थापन गर्न चालिनुपर्ने कदमबारे समितिमा छलफलका लागि बोलाइएका सचिव कार्कीले सिंहदरबार परिसरबाटै करोडौं रुपैंयाँ मूल्य पर्ने सरकारी गाडी हराउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment