Comments Add Comment

नेवार समुदायले म्ह पूजा मनाउँदै

७ कात्तिक, काठमाडौं । नेवार समुदायका मानिसहरुले आज म्ह पूजा पर्व मनाउँदैछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने परम्परा छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने  र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment