Comments Add Comment

हिउँका कारण धौलागिरी पदयात्राको बाटो मेटियो

७ कात्तिक, म्याग्दी । धौलागिरी पदयात्राका लागि हिँडेका पर्यटक मुदी गाविसमा पर्ने धौलागिरी आधार शिविरबाटै फर्किएका छन् ।
भारतमा आएको हुदहुद नामक आँधीको प्रभावले असोज अन्तिम साता हिमाली क्षेत्रमा भएको बेमौसमी हिमपात र हिमपहिरोको कारण  पदचिहृन पुरिएको र बाटो बिग्रिएकाले पर्यटक फर्कन थालेको जर्मन नागरिकलाई पदयात्रामा लिएर गएका पथप्रदर्शक डेन्डी शेर्पाले बताए ।
शेर्पा एडभान्चर ट्राभलमार्फत  धौलागिरीको पदयात्रामा गएका ८ जर्मनसहित ४० जनाको टोली आधार शिविरको इटाली आधारशिविरबाट फिर्ता भएको पथप्रदर्शक शेर्पाले बताए ।
धौलागिरी आधार शिविरबाट फिर्ता भएको पर्यटकको समूह अन्नपूर्ण-धौलागिरी पदमार्ग हुँदै म्याग्दीका पर्यटकीयस्थलको भम्रणमा लागेको छ ।
बेमौसममा भएको भारी हिमपातका कारण हिउँमा पुरिएर हालै दुई  स्लोभाकियाली पर्यटक र तीन नेपालीको मृत्यु भएपछि पर्यटकले खतराको महसुस गर्दै भम्रण पूरा नगरी फर्कन थालेको बताइएको छ ।
पथप्रदर्शक शेर्पाका अनुसार धौलागिरीको पदयात्रामा गएका जर्मनी, फ्रान्स, स्पेनलगायत मुलुकका करिब ४५  पर्यटकको समूहसमेत आधारशिविरबाटै फिर्ता भएका छन् ।
फर्किएका पर्यटकमध्ये केही अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गको भम्रणमा लागेको र केही पोखरा हुँदै काठमाडाैं फिर्ता भएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment