Comments Add Comment

सानोतिनो थकानले हामीलाई असर गर्दैन

paras Khadka

वर्षाका कारण प्रभावित खेलमा डक वर्थ लुइस मेथडका आधारमा नेपाल १० रनले विजयी भएको छ । जितसँगै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको नेपाली टीम डिभिजन टुको बढुवा नजिक छ ।

मलेसियासँगको खेलअघि अनलाइनखबरसँग कुरा गर्दै कप्तान पारसले लगातार तीन खेल खेल्दा केही थकाइ लागेको बताए ।

आज नेपाल लक्की सावित भएको हो ?

होइन । लक्की भन्न मिल्दैन । किन भने अमेरिकालाई फ्ल्याट पिचमा २२४ मा प्याकअप गर्यौं । हामीले राम्रो क्रिकेट खेल्न आएका हौं र खेलिरहेका छौं । पहिलो म्याच राम्रो हुन नसके पनि पछिल्ला तीन म्याचमा उत्कृष्ट प्रदर्शन गरिरहेका छौं । अझै राम्रो खेल्ने छौं ।

किनरारा मैदान चाहीँ नेपाली खेलाडी नफाप्ने हो त ?

त्यस्तो नै त होइन । हामी सबै टिमलाई ६०/७० रनमा अल आउट त पार्न सकिंदैन । हामी आफ्नो लेवल अनुसार पफमेन्स गरिरहेका छौं । वान डे क्रिकेटको लागि २२४ नर्मल स्कोर हो ।

यो मैदानमा धेरै प्रतियोगिता जितिसकेका छौं । कहिले काहीँ मौसमले साथ दिँदैन, त्यसैले तल माथि हुने हो ।

भोलि मलेसियासँगको खेल छ । रणनीति कस्तो छ ?

पक्कै पनि भोलिको म्याच सजिलो रुपमा लिन मिल्दैन । किनभने अझै पनि रन रेटको कुरा छ । रन रेटमा हामीमाथि भएता पनि क्रिकेट हो जे पनि हुनसक्छ ।

नेपालको अहिलेसम्मको प्रदर्शन कस्तो छ ?

पहिलो खेलमा बाहेक पछिला तीन खेलमा वलिड र ब्याटिड दुबै राम्रो गरेका छौं । राम्रो क्रिकेट खेलिरहेका छौं यही फमलाई अघि बढाउने छौं ।

आज रेष्ट डेमा पनि खेल भयो नेपाली खेलाडीलाई केही असर परेको छ ?

पक्कै पनि असर त परेकै छ । लगातार ३ वटा खेल खेल्यौं थकाई त लागिरहेको छ । तर, देशको लागि खेल्ने हो । त्सैले राम्रो खेल्ने प्रयास गरिरहेका छौं । हामीलाई अझ माथि पुग्नु छ । सानोतिनो थकानले हामीलाई असर पार्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment