Comments Add Comment

पञ्चायतको आदेशमा महिलालाई मुण्डन गरी नाङ्गै पारेर गाउँ डुलाइयो

rajasthan-lady-stripped-panchayat

२४ कात्तिक, काठमाडौं । भारत राजस्थानको राजसमन्द जिल्लामा जातीय पञ्चायतले एक महिलालाई बर्बर यातना दिएको छ ।

जातीय पञ्चायतको निर्णय अनुसार महिलालाई निर्वस्त्र गरेर कपाल काट्नुका साथै कालो मोसो दलेर गधामा बसाएर गाउँ घुमाएको छ । ती महिलालाई एक आफन्तको हत्यामा संलग्न रहेको आशंकामा यस्तो अमानवीय सजाय सुनाएको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २६ जनालाई न्यायिक हिरासतमा लिएको छ ।

राजसमन्दबाट ८० किलोमिटर टाढा रहेको थुरावड गाउँमा २ नोभेम्बरमा ४५ वर्षका वर्दी सिंह नामका व्यक्तिले आत्महत्या गरेका थिए । उनको अन्तिम संस्कारको तीन दिनपछि परिवारले हत्याको आशंका गर्दै प्रहरीमा उजुरी गरे ।

परिवारका सदस्यले मृतकका काकीविरुद्ध उजुरी दिए । प्रहरीले छानविन गर्ने बताएको थियो । तर, गत शनिबार राति बसेको पञ्चायतले आरोपित महिलालाई दोषी ठहर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दशाणा राजपूत समुदायको पञ्चायतले महिलाको कपाल काट्नुका साथै अनुहारमा कालो पोत्यो । लगतै अर्धनग्न अवस्थामा गधामा बसाएर गाउँ घुमाइयो ।

आइतबार प्रहरीले पीडितको बयान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment