Comments Add Comment

नेपाल अन्तर्राष्ट्रिय एटीएम कार्ड ह्याकरको निशानामा

ATM५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय एटीएम कार्ड ह्याकरको निशानामा नेपाल रहेको रहस्य खुलेको छ । प्रहरीले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’ सहित टर्किस नागरिक मेहमत गुलेनलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एपेक्स डेभलपमेन्टलगायत बैंकबाट ‘शंकास्पद ब्याकिंङ ट्रान्जेक्सन’ भएको सूचना पाएपछि अनुसन्धानको दायरा फराकिलो पारेको थियो । प्रहरीले सीसीटीभी निगरानीका आधारमा गुलेनलाई बुधबार अपराह्न ठमेलस्थित कर्मचारी सञ्चय कोषअगाडि एपेक्स बैंक र स्ट्यान्र्डड चार्टड बैंकको एटीएम बुथबाट पैसा झिकी ट्याक्सी चढ्दै गरेको अवस्थामा पक्राउ गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
गुलेनले एटीएम ह्याक गरी विभिन्न व्यक्तिको खाताबाट पैसा झिकेका थिए । सीआईबीका अनुसार गुलेनले विदेशी नागरिककै एटीएमको डाटा र पिनकोड चोरी गरी मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिनमार्फत स्विप कार्यमा एटीएमको डाटा ट्रान्सफर गरेर भिसा कार्ड, मास्टर कार्ड र डेबिड कार्ड बनाउने गरेका थिए ।
गुलेनले हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका एटीएम मेसिनबाट पैसा निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment