Comments Add Comment

भूमाफियाको संगतले थाहै नपाइ घर-जग्गा लिलामी

ghar-jagga
७ मंसिर, काठमाडौ । काठमाडौ, मीनभवनका गणेश अवालेसँग नपुग्दो केही थिएन । राजधानीको केन्द्र मीनभवनमा पुर्खाको नासो साढे चार रोपनी जग्गासहितको घर, दुई छोरा, पत्नी, घरैमा चमेनापसल, अनि घरैअगाडि सरकारी जागिर ।

एक दशकबीच गणेशले साथीभाइको विश्वासमा यति ठूलो गल्ती गरे, उनको यो खुशीको महल सिसाझैं चकनाचुर भयो ।

भूमाफियाहरुको चंगुलमा उनी यसरी फसे, आफै बसेको घरसम्म आफ्नो रहेन, न आफ्नै थातथलो फिरन्ता झैं कहिले कसको कहिले कसको नाममा पुग्दासम्म पत्तो पाएनन् । अहिले उनको सिंगो परिवार मुद्दाको झमेला भिरेर न्यायको खोजीमा भौंतारिरहेको छ, आफ्नै सम्पत्ति फर्काउन, नागरिक दैनिकमा खबर छ ।

घरछेउको नेपाल कमर्स क्याम्पसमा पियनको जागिर पेन्सनको छेको पुगिसकेको थियो । त्यसैले गणेश वैकल्पिक पेशाको खोजीमा थिए । २०६० तिर घरजग्गा कारोबारले नेटो काटिरहेको थियो ।

घरमै आफैले चलाएको चमेनापसलमा आउनेजाने जग्गा दलालहरुको संगतले उनमा पनि घरजग्गा कारोबारको रस पस्दै थियो । आफ्नो नामसम्म लेख्न नजान्ने गणेशको सम्पत्तिमा भूमाफियाहरुले आँखा गाडिसकेका थिए, उनले कुनै छनक पाएका थिएनन् ।

एक शताब्दीदेखि बस्दै आएको अवालेको काठमाडौ महानगरपालिका-३४ मीनभवनस्थित कित्ता नम्बर ३४३, ३६७ र ३६८ को ४ रोपनी ८ आना ३ पैसा एक दाम जग्गा भूमाफियाहरुले खेलाउनुसम्म खेलाए । कतिसम् मभने पाँच वर्षभित्र सम्म सात जनाको नाममा अनेक कम्पनी खडा गरेर नामसारी गरिए, बैंकबाट कर्जा निकालिए । यति हुँदासम्म जग्गाको खास मालिकलाई भने कुनै जानकारी थिएन ।

‘साढे चार रोपनीमध्ये तीन रोपनी अपार्टमेन्ट बनाउन भनेर कागज गरे, पछि जालसाजी गरेर खाइसकेछन्,’ पाँच वर्षअघि जागिरबाट निवृत्त गणेशले भने, ‘सुरुदेखि नै मेरो जग्गा हडप्ने जालझेल गरेका रहेछन् ।’

गत साउन ८ गते कुमारी बैंकले सोही जग्गा लिलामीको सूचना प्रकाशित गरेपछि मात्रै उनी छाँगाबाट खसेझैं भए । त्यसपछि अवाले परिवारले काठमाडौ जिल्ला अदालतमा अशंचलन, दूषित लिखत बदर र जालसाजी मुद्दा हाले ।

अदालतले गत असोज ३ गते कुमारी बैंकको नाममा रोक्का फुक्का भएपछि पनि उक्त जग्गा रोक्का नै राख्नु भनी मालपोत कार्यालय डिल्लीबजारका नाममा आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment