Comments Add Comment

पाँच दिनसम्म विमानस्थल अघोषित बन्द

फाइल तस्वीर
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अठारौं शिखर सम्मेलन नजिकिँदै गर्दा देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, मुक्तिनाथ र जनकपुर क्षेत्रमा तेब्बर सुरक्षाकर्मी खटाई सुरक्षा सर्तकता अपनाइएको हो ।
मुक्तिनाथ, लुम्बिनी, धुलिखेललगायतका क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति निकै बाक्लो पारिएको छ । गृह मन्त्रालयले पाहुना जाने सबै स्थानमा समान्यभन्दा तेब्बर सुरक्षाकर्मी तैनाथ गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सार्कमा सामान्य घटना भएपनि अन्तर्राष्ट्रिय रुपमा मुलुकको प्रतिष्ठमा आँच आउने भएका कारण राजधानीलगायत देशभर नै उच्च सुरक्षा सतर्कता अपनाइएको राजधानीमा खबर छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मी खटिएको गृहमन्त्रालयको भनाइ छ ।
स्रोतका अनुसार गृहले तीन तहको सुरक्षा कायम गरी परिचालन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने यात्रुहरुलाई एक वा दुईजना मात्रै पठाउन थालिएको छ भने त्यहाँका पार्किङमा राखिएका सवारी साधनसमेत निगरानीमा राखिएका छन् । सार्क सम्मेलन अवधिभर पार्किङक लटका सबै सवारी निगरानीमा पर्नेछन् । पार्किङ लटका सबै सवारी साधन सम्मेलन अवधिभर विमानस्थलमा प्रवेश दिइनेछैन । विमानस्थलमा आउने र जाने सबैको भिडियो रेकर्ड गरी निगरानीसमेत सुरु गरिएको छ । त्यसैगरी सुरक्षाका लागि तैनाथ रहेका सवारी साधनहरु विमानस्थलमा तयारी अवस्थामा राखिएका छन् । साथमा एम्बुलेन्ससहित सुरक्षा निकायका उच्च अधिकारीहरु विमानस्थलमै परिचालित हुनेछन् ।
गृह स्रोतका अनुसार सार्कको सुरक्षामा कुनै कमी हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघोषित रुपमा पाँच दिनसम्म बन्द हुनेछ । सोमबारदेखि पाहुना आउने क्रमसँगै विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण १२ कात्तिक साँझसम्म अघोषित रुपमा विमानस्थलमा उडान र अवतरणलाई बन्द गर्न लागिएको छ । स्रोतका अनुसार विहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म सीमित विमानहरु मात्रै अवतरण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment