Comments Add Comment

चार महिनामा विदेश जानेको संख्या १४६ प्रतिशतले बढ्यो, एक लाख ७२ हजार नेपाली विदेसिए

Nepalese migrant workers arrive at Kathmandu airport
१२ मंसिर, काठमाडौ । चालु आर्थिक वर्षका चार महिनामा काम खोज्दै विदेश जाने नेपालीको संख्या १४६ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीका लागि अफसिजन मानिने असोज र कात्तिकमा समेत यो वर्ष बाहिरिनेको संख्या उल्लेख्य बढेको छ ।

कात्तिकसम्म एक लाख ७२ हजार ६ सय २३ नेपाली विदेसिएका छन् । गत आवको सोही अवधिमा यो संख्या जम्मा ७० हजार एक सय ५१ मात्रै थियो, कारोबार दैनिकमा खबर छ ।

राजनीतिक अन्यौल, उर्जा अभाव, श्रम समस्या जस्ता कारणले स्वदेशमा लगानीमैत्री वातावरण बन्न नसक्दा विदेशिने नेपालीको संख्या केही वर्षदेखि बढेको बढ्यै छ । वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ्का अनुसार स्वदेशमा भरपर्दा रोजगारी अवसर सिर्जना नभएकाले युवाहरु रहरभन्दा बढी बाध्यताले विदेशिने गरेका छन् ।

‘युवा जनशक्ति बिदेसिनु मुलुकको सर्वांगीण आर्थिक विकासका लागि बाधक भए पनि यहाँ अवसर नहुँदा जानुको विकल्प छैन,’ उनी भन्छन्, ‘यद्यपि उनीहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलिरहेको छ तर त्यसमा चित्त बुझाएर बस्नु बुद्धिमतापूर्ण होइन ।’

चार महिनामा नेपालीहरु सबैभन्दा बढी मलेसिया गएका छन् । ७८ हजार पाँच सय ५२ युवा मलेसिया पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसियाले चार वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको छ । अदक्ष कामदार लिने मलेसियाको प्रमुख स्रोत मुलुक नेपाल हो । खाडी मुलुकको तुलनामा हावापानी राम्रो र काम पनि कम्पनीभित्रकै हुने भएकाले नेपाली युवाका लािग मलेसिया आकर्षक गन्तब्य हो ।

मलेसियापछि कतार जाने नेपाली धेरै छन् । चार महिनामा ३७ हजार चार सय ४५ युवा कतार गएका छन् । सन् २०२२मा हुने विश्वकप फुटवलका लागि आवश्यक पूर्वाधार निर्माणको क्रम तीब्र हुँदा कतारले पाँच लाख नेपाली कामदार लिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment