Comments Add Comment

दोस्रो विवाह गर्ने कार्की जेलमा

१३ मंसिर, झापा । बहु विवाह गरेका दमक नगरपालिका- १४ का रामहरि कार्की र उनकी कान्छी श्रीमती सन्ध्या ढकाल जिल्ला कारागार चलन भएका छन् ।
कार्कीले गत असोज १५ गते सन्ध्यालाई दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती कुमारी कार्कीले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।
सोही दिन प्रहरीले रामहरि र सन्ध्यालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको प्रहरी सहायक निरीक्षक वासुदेव चौधरीले जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालत झापाका न्यायाधीश पूर्णश्वरप्रसाद उपाध्यायको इजालासले बिहीबार कारागार चलान गर्ने फैसला गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment