Comments Add Comment

एड्सको उपचारमा गार्इको दुध

HIV
नवजात शिशुलाई एचआइभी संक्रमणबाट बचाउन तथा एचआइभीको उपचारका लागि गार्इको दुध उपयोगी हुने एक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले गार्इको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधिलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गार्इको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

एड्सको उपचारमा प्रयोग गरिने एन्टी रेट्रोभाइरल औषधि पानीमा खासै घुलनशील हुँदैन । तर एन्टी रेट्रोभाइरल औषधियुक्त दुध बच्चालाई एचआइभी संक्रमणबाट बचाउनका लागि निकै राम्रो औषधि सावित हुनसक्छ ।

नवजात शिशुले अधिकांस एन्टी रेट्रोभाइरल औषधि सहन गर्न सक्दैनन् । साथै एन्टी रेट्रोभाइरल औषधि रिटोनाविरको सेवनले बच्चामा खराब असर पूराउँछ ।

अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिर्सिटीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गार्इको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरे । क्यासिन्स प्रोटिनले आमाबाट बच्चामा एमिनो एसिड तथा क्याल्सियम वितरण गर्दछ । शोधकर्ताले सोही प्रोटिनलाई एन्टी रेट्रोभाइरल औषधिका अणुलाई समेत प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गरेका छन् ।

पानीमा नघुल्ने र सोझै प्रयोग गर्नुपनि हानिकारक हुने एन्टी रेट्रोभाइरल औषधिहरु दुधमा मिलाएर प्रयोग गर्न सकिएमा त्यसले खासगरी एचआइभी संक्रमित बालबालिकाको उपचारमा ठूलो उपलब्धी हात पर्ने शोधकर्ताको भनाइ छ । धुलो दुधमा नै एड्सको औषधि मिलाएर एड्सकै औषधिकै रुपमा दुधलाई प्रयोग गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआइभी संक्रमित छन् र एचआइभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment