Comments Add Comment

टर्कीदेखि नेपालसम्म घुमेको अक्षयको ‘बेबी’

निर्देशक : निरज पाण्डे
कलाकार : अक्षय कुमार, डेनी, तपसी पन्नु

baby-teamआजबाट भारतसँगै नेपाल र विश्वका विभिन्न देशमा ‘बेबी’ नामक बलिउड चलचित्र प्रदर्शनमा आएको छ । नेपालमा समेत छायांकन गरिएको यो चलचित्रले नेपाली दर्शकका लागि पनि उत्सुकता थपिदिएको छ । चलचित्रको कथावस्तु नेपालमा पनि घुमेको छ ।

कथावस्तु
‘बेबी’ एक अन्डरकभर यूनिटको नाम हो । जसलाई आतंकबादको अन्त्यका लागि तयार गरिएको हुन्छ । यो यूनिटको मुख्य फिरोज खान(डेनी) हुन् । अजय सिंह राजपुत(अक्षय कुमार) फिरोजको सबै भन्दा विश्वासिलो पात्र हुन् । यो यूनिटको लक्ष्य ५ बर्ष भित्र आतंकबादको अन्त्य गर्नु हुन्छ ।

भारत र पाकिस्तानको बोर्डरमा खतरनाक आतंकवादी मौलाना मोहम्मद रहमान(पाकिस्तानी कलाकार रशिद नाज) हुन्छन् । उनी भारतमा बसेर मुसलमानलाई जिहादी बन्न जर्वजस्ती गरिरहेका हुन्छन् । यो चलचित्रले जिहादको मुद्दालाई पनि उठान गरेको छ । अजय सिंह राजपुत मौलाना मोहम्दले फैलाएको आतंकवादलाई कसरी रोक्छ, उसको ‘बेबी’ यूनिट यसमा सफल हुन्छ या हुँदैन, यसका लागि चलचित्र हेर्न आवश्यक छ ।

निर्देशकिय पक्ष

निरज पाण्डेले निर्देशन गरेको ‘अ वेडनसडे’ र ‘स्पेशल २६’ पछि ‘बेबी’ हो । यो चलचित्रले निरजलाई एक सफल निर्देशकको रुपमा पुष्टी गरिदिएको छ । यो चलचित्र विभिन्न देशमा घुमेको छ ।

विशेषगरि टर्कीबाट नेपाल र नेपालबाट अरबियामा यो चलचित्रको कहानी घुमेको छ । यो चलचित्रमा निर्देशक पाण्डेले कुनै तामझाम विना नै दर्शकलाई मनोरञ्जन दिने तबरले कथा प्रस्तुत गरेका छन् । यो चलचित्रमा पनि केही गल्ती छन् । तर, चलचित्रको आरोह-अवरोह पनि सुखद छ, जसले कमजोरीलाई लुकाएको छ ।

अभिनय
अक्षय कुमारलाई बलिउडमा खेलाडीको उपमा दिइएको छ । यो चलचित्रमा अक्षयले खेलाडी उपमालाई शानदार तबरले निर्वाहा गरेका छन् ।

चलचित्रका मुख्य कलाकारहरु डेनी, अनुपम खेर, केके मेनन, तपसी पन्नु, सुशांत सिंह राजपुत, रशिद नाजले आफ्नो भूमिकालाई निर्वाहा गरेका छन् । यसैले चलचित्र हेर्नलायक बनेको छ । एक्सन र थि्रलर चलचित्र रुचाउँने दर्शकका लागि ‘बेबी’ एकपटक हेर्नलायक बनेको छ ।

विभिन्न भारतीय संचारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment