Comments Add Comment

जति झुक्दा पनि भएन, अब राजधानी छाडिन्छ : एमाओवादी

Mao-Cc-meet

१८ माघ, काठमाडौं । ‘हामी कति झुक्ने ? उनीहरुले सातप्रदेश भनेका थिए, हामीले ६ प्रदेश स्वीकार गरिसक्यौं, संसदीय व्यवस्थालाई पनि रिजर्भेसनसहित मानिसक्यौं, तैपनि कांग्रेस र एमाले सहमतिमा आएनन् ।’

एमाओवादीका एकजना पदाधिकारी तहका नेताले सीमित पत्रकारसँगको भेटमा सत्तापक्षप्रति आक्रोश पोख्दै भने- ‘एक-दुई जिल्लाको विवादले सहमति हुन नसकेको विल्कुल होइन, यहाँ कुरो अर्कै छ, हामीले उनीहरुका सबै एजेन्डा मान्दा पनि सहमतिमा आउन नदिएर माओवादीलाई सिध्याउने खेल भइरहेको छ ।’

कांग्रेस र एमालेले सहमति गर्नै नचाहेको र माओवादीलाई समूल रुपमा सिध्याउने खेलमा लागेको दाबी एमाओवादीका शीर्ष नेताको छ । ‘हामीलाई सिध्याउन खोजिँदैछ,’ ती नेताले भने-‘मान्नेजति सबै विषयमा सहमति जनाउँदा पनि उनीहरु सहमतिमा नआउनुको भित्री कारण यही हो । संविधानका अन्तरवस्तुमा हामीले उनीहरुका सबै कुरा मानिसकेकै थियौं ।’

तत्कालै राजधानी छाड्ने

अब एमाओवादी नेताहरु राजधानी छाडेर फेरि गाउँ र्फकने र एकपटक फेरि लड्ने ती शीर्ष नेताले बताए । ‘हेरिराख्नुहोला, अब हामी राजधानी छाड्छौं, उनले भने, ‘झुक्नुपर्नेजति झुकिसकेका छौं, तर, पूरै सिध्याउन खोजिएकाले फेरि एकपटक लड्नैपर्ने भएको छ ।’

केन्द्रीय समितिको बैठकले जिम्मेवारी तोक्नासाथ एमाओवादी नेताहरुले राजधानी छाड्ने उनले बताए ।

तर, राजधानी छाड्नुपूर्व नागरिक समाजका अगुवा र सर्वसाधारणसँग बृहत अन्तरक्रिया गरेर प्रचण्ड र बाबुरामले यथार्थ परिस्थितिबारे सबैलाई जानकारी गराउने तयारी गरिरहेको एमाओवादी स्रोतबाट थाहा भएको छ ।

कसको बलमा लड्दैछ सत्तापक्ष ?

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा अन्तरराष्ट्रिय समुदाय र राष्ट्र संघसमेत एमाओवादी र मधेसवादी दलहरुको पक्षमा नरम देखिएको छ ।

राष्ट्र संघ, भारत र युरोपेली युनियन सबैले सरकारलाई सहमतिका लागि दबाव दिइरहेका छन्, आखिर कसको बलमा लड्छन् सुशील कोइराला र केपी ओली ? पत्रकारको प्रश्नमा एमाओवादीका ती नेताले भने- ‘तपाई पत्रकारहरुले नै पत्ता लगाउनोस्, उनीहरुलाई कसले आड दिइरहेको छ, भन्ने हामीले थाहा पाइसकेका छन् । हामीले राजधानी छाडिसकेपछि यी ‘प्यादा’ हरु टिक्दैनन् र नयाँ आउँछ, जोसँग हामीले लड्नुपर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस्

संविधानसभाबाट सामुहिक राजीनामा दिने प्रचण्डको प्रस्ताव

एमाओवादीले आन्दोलनका लागि कमाण्डर तोक्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment