Comments Add Comment

गरिवी निवारण कोषको कार्यकारी निर्देशकलार्इ निलम्बन गर्न सिफारिस

१८ माघ, काठमाडौ । गरिवी निवारण कोषको कार्यकारी निर्देशक राजवावु श्रेष्ठलार्इ निलम्बन गर्न सिफारिस गरेको छ ।

Akhtiyar Durupayog

कोषको रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई निलम्बन गर्न गरिवी निवारण कोषलार्इ भनेको हो ।

श्रेष्ठ कार्यकारी प्रमुख भएपश्चात कोषलाई नेपाल सरकारबाट विनियोजित बजेट तथा विदेशी दातृ निकायहरुबाट प्राप्त रकम अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ ।

पदमा नै बहाल भई अनुसन्धान गर्दा प्रमाण नष्ट गर्नसक्ने भन्दै श्रेष्ठलाई निलम्बन गरी आयोगलाई जानकारी दिन पत्र गरिवी निवारण कोष ताहाचललाई लेखी पठाईएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment